Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालिकाको सुन लुट्ने प्रयास, तर भाग्दा भिरबाट लडेर मृत्यु

कुश्मामा एक बालिकाको सुन लुट्ने प्रयास गर्दा एक यसवकको मृत्यु भएको छ । बालिकालाई ललाईफकाई गरेर सुन लुट्ने प्रयास गर्दा स्थानीयवासीले देखेपछि लुट्न आएका ती युवक बालिकालाई छाडेर भएका थिए । ति युवाको कुस्मा नगरपालिका वडा नं ५ चाक्लेडिलको भीरबाट खसेर मृत्यु भएको हो ।

कुश्मा नगरपालिका–४ चाक्लेडिल नजिकै बस्दै आएकी निशा परियारकी साढे २ बर्षिय छोरी सुवानी परियारलाई एक अपरिचित व्यक्तिले लाँदै गरेको देखेपछि अपहरणको आशंका गर्दै हारगुहार गर्दा युवा भाग्न खोज्दा भीरबाट खसेकोे स्थानीयवासीले जनाएका छन् ।

यता, जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी दिलीप घिमिरे बालिका अपहरण भन्दा पनि ती युवक लुटपाटको उद्देश्यले त्यहाँ पुगेको बताए । घिमिरेले भने, ‘पहिले पनि तीन युवकले दुईजना बालकहरुलाई बिस्कुट चकलेट दिएर गुफा देखाईदेउ भनेर भनेको रहेछ ।

पछि ती बालिकालाई कानको मुन्द्री लुट्ने हिसाबले गुफातिर लान खोजेको रहेछ । त्यतिबेला मान्छेले देखेर हो-हल्ला गरेपछि उसले बालिकालाई छाडेर भाग्यो । अरु मानिसहरुले बालिकाको रेस्क्यु गरे ।

स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी त्यहाँ पुगेर खोज्दा भिरबाट खसेर उसको मृत्यु भएको भेटियो । मृतकको सनाखत हुन सकेको छैन् । उसको साथमा फेला परेको मोवाईल पनि चोरीको रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: Mar 31, 2018

प्रतिक्रिया दिनुहोस्