Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टीकापुर लगायतका घटनाविरुद्ध प्रर्दशन गर्दा कृष्ण पहाडीसहित ३४ जना गिरफ्तार

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटार अघि धर्ना दिने ३४ जना अधिकारकर्मीलाई प्रहरीले गिरफ्तार गरेको छ । नयाँ सरकार गठनसँगै टीकापुर लगायतका घटनाका आरोपित/संलग्नहरुको मुद्धा सरकारले फिर्ता लिन र आम माफी दिन खोजेको भन्दै त्यसविरुद्ध अधिकारकर्मीले धर्ना दिएका हुन् । निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

शान्ति समाजले प्रधानमन्त्री निवास अगाडि आयोजना गरेको खबरदारी धर्ना प्रदर्शनका क्रममा राष्ट्र बैंक चोक वालुवाटारबाट समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डा. गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रेनुका पौडेल, महासचिव उत्तम पुडासैनी, सचिव बलबहादुर गाहा मगर, केन्द्रीय सदस्य गीता तिमल्सिना, यदु खतिवडा, पुर्व उपसभापति सनत आचार्य, काठमाण्डौँ शाखा सभापति रामकृष्ण बराल, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जरा, कैलाली शाखा सभापति विरेन्द्र शाह, जयराम पुडासैनी, गोकुल पुडासैनी, रामचन्द्र भण्डारी, विपी पौडेल, ईश्वर पुडासैनी, मुरारी फुयाल, श्रीराम दंगाल, रुपा गिरी, लक्ष्मी बराल, रामचन्द्र खतिवडा, श्रीकृष्णराज पुडासैनी, किरण ढकाल, विन्युल फुयाल, सोवित बहादुर घर्ती मगर, विष्णुदेवी घर्ती, रेम बहादुर घर्ती, सुकदेव अधिकारी, सन्जोक चाम्लिङ, निराजन थापा मगर, कुसुम शर्मा, रमेश प्रसाद बरालसहित ३४ जनालाई प्रहरीले पक्राउ गरी नेपाल पुलिस क्लब भृकुटिमण्डपमा राखेको जनाएको छ ।

प्रदर्शनका दौरान अन्तराष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर, दण्डहीनता अन्त्य गर, सद्भाव प्रवद्र्धन गर, P M OLI : RESPECT RULE OF LAW, P M OLI : DON’T PROMOTE CRIMINALIZATION OF POLITICS, P M OLI : DON’T MISUSE POWER, P M OLI: FOLLOW RULE OF LAW, NOT RULE OF COMMUNISTलेखिएका प्लाकार्ड तथा ब्यानर बोकेका थिए । यसैगरी शान्ति समाजका जिल्ला शाखाहरुले दण्डहीनताको विरोध र रोम विधान अनुमोदनको माग गर्दै पर्सा, पाँचथर, तेह्रथुम, रुपन्देही, बागलुङ लगायत विभिन्न जिल्लामा चैत १६ गते प्रधानमन्त्रीको नाममा प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएका थिए ।

प्रकाशित मिति: Mar 31, 2018

प्रतिक्रिया दिनुहोस्