Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अपडेटः नेता खड्काको पार्थिव शव आज वेलुकी ९ः३० बजे नेपाल ल्याईने

काठमाडौ : नेपाली कांग्रेसका प्रभावशाली नेता खुम बहादुर खड्काको हिजो अपोलो हस्पिटल भारतमा मृत्यु भएपछि वहाँको पार्थिव सरिर नेपाल ल्याउने विषयमा धेरै समाचारहरु बाहिर आएता पनि अन्तिम अमडेट यस्तो आएको छ ।

नेता खुम बहादुर खड्कालाई उपचार गर्न करिब ४० लाख आईसि लागेको र उक्त रकम भारत स्थित नेपाली राजदुताबासले जिम्मा लिएपछि खड्काको पार्थिब शरिर वहाँको आफन्तलाईल जिम्मा दिएको हो ।

नेता खड्काको पार्थिव शरिरलाई आज बेलुकी ९ः३० बजे जेट एयर मार्फत ल्याईने भएको छ । आजै वहाँको शव लाई वहाँको खड्का निवासमा राखिने छ ।

भोलि विहाना ८ः३० बजे पार्टी कार्यालयमा राखिने छ र २ बजे पछि पशुपति आर्यघाटमा अन्तिम संस्कार हिन्दु संस्कृति अनुसार गरिने छ ।

प्रकाशित मिति: Mar 31, 2018

प्रतिक्रिया दिनुहोस्