Logo
३ जेष्ठ २०८१, बिहीबार
(March 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लिफ्ट दिने बहनामा गेष्टहाउस पुर्‍याई किशोरीको सामूहिक बलात्कार

काठमाडौं : पर्वतको छमर्केमा मेला भर्न गएकी १६ वर्षीया किशोरी सामूहिक बलात्कारको शिकार भएकी छन् । लिफ्ट दिने नाममा होटलमा पुर्‍याएको र मदिरा खुवाएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

सँगै रहेकी किशोरीले भागेर प्रहरीलाई खबर गरेपछि घटनामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा कुश्मा-१, सहस्रधाराका २३ वर्षीय शिशिर क्षेत्री, कुश्मा-५, वडागाउका १७ का सौगात शर्मा पौडेल र कुश्मा-५ कै मेलमिलाप चोकका सुजल श्रेष्ठ छन् ।

बलात्कारको घटनाबारे खबर नगरेको आरोपमा होटल सञ्चालक वाग्लुङ-१२, वलेवा अमलाचौरका ३८ वर्षीय शेरबहादुर हमाललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुमाथि जबरजस्तीकरणी मुद्दा अन्तरगत ७ दिनलाई म्याद थप गरेर विस्तृत अनुसन्धान थालेको छ ।

प्रकाशित मिति: Mar 30, 2018

प्रतिक्रिया दिनुहोस्