Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काग्रेस नेता तथा पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन

काठमाडौं : नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन भएको छ । नेता खड्काको ६७ वर्षका उमेरमा शुक्रवार भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको छ ।

उपचारमा रहनुभएका नेता खड्काको आज अपराह्न ५ः१५ बजे निधन भएको काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनको मिर्गौला र छातीको संक्रमणबाट केही वर्षदेखि पीडित थियो ।

मिर्गौला प्रत्यारोपण गरेका खड्काको स्वास्थ्यमा समस्या देखिएपछि गत फागुन पहिलो साता उनलार्इ नयाँ दिल्ली लगिएको थियो । उनको स्वास्थ्य स्थितिप्रति गम्भीर भएपछि नेपाली कांग्रेसले उनको स्वास्थ्य अवस्था बुझ्न मंगलबार शंकर भण्डारी र रमेश लेखकलाई भारत पठाएको थियो ।

प्रकाशित मिति: Mar 30, 2018

प्रतिक्रिया दिनुहोस्