Logo
५ जेष्ठ २०८१, शनिबार
(March 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिहेपछि यसकारण बढ्छ मोटोपना

बिहेपछि अचानक हुने तौलमा वृद्घिको कारण जीवनशैलीमा हुने परिवर्तन हो । नौ मुलुकमा गरिएको यो अध्ययनमा अनुसन्धानकर्ताहरूले के पाए भने, विवाहित दम्पती अविवाहितको दाँजोमा राम्रो खाना खान्छन् । तर खेलकुद, व्यायामसम्बन्धी गतिविधि कम हुने गर्नाले उनीहरूको तौलमा वृद्घि हुन्छ ।

अध्ययन अनुसार लामो समयसम्म सम्बन्धमा रहने व्यक्ति खानपानप्रति सजग हुन्छन् र यसै कारणले पहिलेको दाँजोमा स्वस्थसमेत हुन्छन् । विवाहित दम्पतीमा अविवाहितको दाँजोमा बडी मास इन्डेक्स बढी पनि हुने गर्छ ।

पछिल्लो अनुसन्धानले बिहेपछि महिलाहरु मोटाउने र सम्बन्ध विच्छेदप्रति पुरुषहरु मोटाउने तथ्य पत्ता लगाएको छ । ओहायो विश्वविद्यालयमा गरिएको अनुसन्धानले यस्तो देखाएको हो । महिलाहरुले बिहेपछि आफ्ना पतिको वा कर्मघरका मान्छेहरुको बढि सेवा सुश्रुषा गर्नुपर्ने हुन्छ , जसका कारण उनीहरुले आफ्नो सरीरको तन्दुरुस्तीको लागि समय दिन पाउँदैनन् । बिहेपछि महिलाहरु बढि आत्मविश्वासी बन्ने र आफ्नो जिउडाल र सुन्दरताको मामिलालाई कम मात्र महत्व दिने गरेकाले पनि सरिर मोटाउँदै जाने अनुसन्धानकर्ताहरु बताउँछन् ।

अध्ययनकर्ताहरुले पुरुषहरु भने बिहेपछि दुब्लाउने र डिभोर्सपछि मोटाउने गरेको बताउँछन् । बिहेपछि पुरुषहरुले मानसिक मात्र होइन शारीरिक रुपमै बढि उर्जा खर्च गर्नुपर्ने हुन्छ । अर्को कुरा बिहेपछि पुरुषहरु आफ्नो तन्दुरुस्तीको मामिलामा समेत महिलाको भर पर्छन् त्यसैले जब डिभोर्स पछि उनीहरु एक्ला हुन्छन् उनीहरुलाई व्यायामको होस हुँदैन र मोटाउँछन् ।

प्रकाशित मिति: Mar 30, 2018

प्रतिक्रिया दिनुहोस्