Logo
३० बैशाख २०८१, आईतबार
(March 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीको भारत भ्रमण मिति घोषणा, यस्तो छ भ्रमण तालिका

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको मिति घोषणा भएको छ । परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीले चैत २३ देखि २५ सम्म भारत भ्रमण गर्ने छन् । मन्त्रालयले उनको भ्रमण राजकीय हुने बताएको छ ।

भारतले भने ओलीको भ्रमण चैत २४ देखि २६ सम्मका लागि प्रस्ताव गरेको थियो । भ्रमणका दौरान प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति राम नाथ कोविन्द, उपराष्ट्रपति एम भेनाकाही नाइडु, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग भेट गर्नेछन् ।

त्यस्तै, अन्य मन्त्रीहरुसँग भेट हुने पराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका दौरान प्रधानमन्त्री ओलीले पटनागर रउत्तराखण्डको भ्रमण गर्नेछन् भने गोविन्द बल्लभ पन्त युनिभर्सिटी अफ एग्रिकल्चर एण्ड टेक्नोलोजीमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् । भारतको विदेश मन्त्रालयले पनि प्रधानमन्त्री ओलीको भ्रमणको भ्रमण तालिका सार्वजनिक गरेको छ ।

पहिलो प्रधानमन्त्रित्वकालमा चिसिएको सम्बन्ध सुधार गर्ने उद्देश्यका साथ प्रधामन्त्री ओली भारत जान लागेका हुन् ।यसै साता एक सार्वजनिक कार्यक्रममा सम्बन्ध सुधारकै लागि भारत जान लागेको औपचारिक रुपमा बताएका थिए । संविधान जारी भएकोमा असन्तुष्टी जनाउँदै भारतले नाकाबन्दी गरेपछि ओली नेतृत्वको विगतको सरकारसंग सम्बन्ध चिसिएको थियो ।

त्यसबेलाको भ्रमणका क्रममा नेपालमा संविधान जारी भएको बिषयमा भारतले स्वागत गर्न समेत कन्जुस्याई गरेपछि द्विपक्षीय वक्तव्य समेत जारी भएको थिएन । स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभा गरी तीनवटै तहका चुनावमा एमाले नेतृत्वका बाम गठबन्धन शक्तिशाली रुपमा उदाएपछि भारतीय पक्षले ओलीसंग सम्बन्ध सुधारेर जान चाहेको थियो । त्यसकै लागि महौल बनाउन भारतीय विदेशमन्त्री सुषमा स्वराज नेपाल भ्रमणमा आएकी थिइन् । स्वराजको भ्रमण एमालेको निमन्त्रणामा भएको थियो ।

दुबै छिमेकीसंग सम्बन्ध राम्रो बनाएपछि मात्र आर्थिक विकास र समृद्धिको लक्ष्य हासिल गर्न सहज हुने ठानेका ओलीले दोस्रोपटक प्रधानमन्त्री भएपछिको पहिलो भ्रमण भारत नै गर्न लागेका हुन् । यसपटकको उनको यो भ्रमण दिल्ली केन्द्रित हुनेछ । विगत सञ्चालन भइरहेको आयोजनाहरुको समिक्षा र नयाँ शिराबाट द्विपक्षीय सम्बन्ध सुधारको पहल हुने प्रधानमन्त्री निकट नेताहरुले बताएका छन् ।

प्रकाशित मिति: Mar 30, 2018

प्रतिक्रिया दिनुहोस्