Logo
१ जेष्ठ २०८१, मंगलबार
(March 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत, चीन र अमेरिकाका राजदुत राष्ट्रपतिको सम्बोधनमा अनुपस्थि

काठमाडौँ : नेपालका लागि सबैभन्दा महत्वपुर्ण कुटनैतिक मानिने भारत, चिन र अमेरिकाको राजदुतहरु बिहिबार राष्ट्रपतिको सम्बोधन कार्यक्रममा अनुपस्थि भएका छन् । राष्ट्रपतिको भण्डारीको सम्बोधनमा देशका सबै विशिष्ट व्यक्तित्वहरुको सहभागिता भएपनि यी तिन देशका कुटनैतिक पदाधिकारहिरु भने अनुपस्थि भएका हुन् ।

बिहिबार उक्त समबोधनका बेला भने नेपालस्थित् विभिन्न कुटनीतिक नियोगका प्रमुखहरुको समेत उपस्थिति थियो । तर, नेपालका लागि भारतीय राजदुत मञ्जिबसिंह पुरी, नेपालका लागि चीनीयाँ राजदुत यु होङ र नेपालका लागि संयुत्तः राज्य अमेरिकाकी राजदुत अलायना बि. टेप्लिजको भने अनुपस्थि थिए ।

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीबाट अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्रस्थित प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गरेकी छिन् । निर्वाचनपछि आज दुवै सदनको पहिलो ऐतिहासिक बैठकलाई उनले सम्बोधन गरेकी हुन् । बैठक शुरु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सो सम्बोधनको प्रति राष्ट्रपति भण्डारीलाई प्रदान गरेका थिए ।

संसद् बैठकस्थल अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रपति बग्गीको कारगेडसहित आउनुहुँदा प्रधानमन्त्री ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनालगायतले स्वागत गरेका थिए ।नेपाली सेनाले राष्ट्रपतिको सम्मानमा सलामी अर्पण गरेको थियो ।

संसद् सचिवालयले सम्मेलन केन्द्रको परिसरलाई राष्ट्रिय झण्डा र ध्वजाबाट सजाइएको थियो । त्यस्तै बैठक कक्ष र राष्ट्रपति, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख महरा र अध्यक्ष तिमल्सिनाको आशनलाई विशेष आकर्षक बनाईएको थियो ।

 

प्रकाशित मिति: Mar 29, 2018

प्रतिक्रिया दिनुहोस्