Logo
९ असार २०८२, सोमबार
(March 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत–चीन सम्बन्ध ‘सकारात्मक दिशामा’ चीन

बेइजिङ : चीनले भारतसँगको विवादलाई उचित रूपमा समाधान गर्न चाहेको चीनका विदेशमन्त्रालयका प्रवक्ता लु काङले बताएका छन् । बिहीबार सञ्चारमाध्यमसँगको नियमित कुराकानीका अवसरमा विदेश मन्त्रालयका प्रवक्ता काङले यस्तो कुरा बताएको हो ।

उनले चीन र भारतबीचको द्विपक्षीय सम्बन्धलाई सहीबाटोमा अघि बढाउन चाहेको बताए ।
प्रवक्ता काङले पछिल्लो समय दलाई लामाको भ्रमण रद्द गर्ने लगायतका निर्णयद्वारा भारतले चीनसँगको सम्बन्ध सुधार्न चाहेको दखिन्छ नि भनी सोधिएको प्रश्नमा उनले भने, “चीन र भारतबीचको सम्बन्धले सकारात्मक दिशा लिएको र यो दुवै देशको संयुक्त कूटनीतिक प्रयासले सम्भव भएको छ ।”

चीनले भारतीय पक्षसँग यस सन्दर्भमा आपसमा सहमति निर्माण गरेर सहकार्य गर्न तयार छ र यसबाट आपसी रूपमा राजनीतिक विश्वास विस्तार हुनेछ । सम्बन्ध सुधारका लागि दुवैको जीत हुनेगरी एकआपसमा सहमति निर्माण गरी सही दिशामा अघि बढाइने उनको कथन थियो । (रासस)

प्रकाशित मिति: Mar 29, 2018

प्रतिक्रिया दिनुहोस्