Logo
५ जेष्ठ २०८१, शनिबार
(March 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाउँपालिका उपाध्यक्षको सट्टामा एसईई परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

जुम्ला : हिमा गाउँपालिका जुम्लाकी उपाध्यक्ष हिमाली रोकायको सट्टो एसईई परीक्षा दिँदै गरेकी एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । राहदेव माध्यमिक विद्यालय मोफ्लामा उपाध्यक्ष रोकायको परीक्षा दिँदै गरेकी विमला रोकायालाई प्रहरीले पक्राउ हो ।

बिहीबार स्वास्थ्य जनसंख्या तथा वातावरण विषयको परीक्षा दिँदै गर्दा उपाध्यक्ष रोकायले राखेको नक्कली परीक्षार्थी विमला पक्राउ परेकी हुन् । नक्कली परीक्षार्थी विमलाले लिइएको प्रवेश पत्रको फोटोमा केरमेट गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक डा.तपनकुमार दाहालले बताए ।

‘जिल्ला शिक्षा कार्यालय जुम्लामा पेस गरिएको कागजात र परीक्षा हलमा लिइएको प्रवेश पत्र तुलना गर्दा विवरण नमिले पछि चेकजाँज गर्दा नक्कली विद्यार्थी भएपछि प्रकाउ गरेको प्रहरीले जनाएको छ ।

उपाध्यक्षको सट्टामा परीक्षा दिने नक्कली परीक्षार्थी विमलालाई दस्तखत किर्ते मुद्दा लगाइने जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । सट्टामा परीक्षा दिन लगाउने उपाध्यक्ष रोकायालाई पक्राउ गरेर कारबाही गर्ने प्रहरी नायव उपरीक्षक दाहालले जानकारी दिए । उनका अनुसार उपाध्यक्ष रोकाय फरार रहेको छ । विमलाले यसअघिका सबै परीक्षा दिइसकेकी छिन् ।

प्रकाशित मिति: Mar 29, 2018

प्रतिक्रिया दिनुहोस्