Logo
६ कार्तिक २०८१, मंगलबार
(March 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छोरीको हत्या आरोपमा बुवा र सौतेनी आमा प्रकाउ

वीरगञ्ज : आफ्नै छोरीको हत्या अभियोगमा जिल्ला प्रहरी कार्यालय पर्साले एक दम्पतीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ भिष्वा निवासी ४९ वर्षीय सत्यनारायण वर्णवाल र ३० वर्षीय गीता कुमारीलाई जिल्ला प्रहरी कार्यालय पर्साले आफ्नै १६ वर्षीय छोरी नेहाकुमारी वर्णवालको हत्याको अभियोगमा चैत १४ गते पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरी अनुसार फागुन १३ गते वर्णवाल दम्पतिले छोरी नेहाको हत्या गरी भारतमा लगेर सतगद गरेका थिए । हत्या गरेपछि छिमेकीले चाल नपाउने गरी वर्णवाल दम्पतिले छोरीको मृत शरीर बीरगञ्जको रानीघाटमा लगेका थिए ।

रानीघाट वीरगञ्जको प्रसिद्ध शमशासनघाट पनि हो । बर्णवाल दम्पतीले त्यही ठाउँमा भारतीय एम्बुलेन्स गाडीमा राखेर छोरीको शव भारत रक्सौलमा पुर्‍याई शव जलाउन लगाएका थिए । एक जनालाई ६ हजार रुपैयाँ भूक्तानी दिएर शव जलाउन लगाएको अनुसन्धानको क्रममा खुलेको पर्साका एसपी डाक्टर गणेश रेग्मीले बताए ।

छरछिमेकका व्यक्तिहरुले छोरीको बारेमा सोधपुछ गर्दा नेहा भारतमा फुपूको घर गएको वर्णवाल दम्पतीले बताउने गरेका थिए । धेरै दिनपछि पनि नेहा घर नफर्केपछि स्थानीयबासिन्दाले प्रहरीलाई नेहा नभएको कुरा सूचना दिएपछि प्रहरीले नेहाका आमा बुवालाई पक्राउ गरेको हो ।

प्रकाशित मिति: Mar 29, 2018

प्रतिक्रिया दिनुहोस्