Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अप्रिल ६ देखि प्रधानमन्त्री ओलीको २ दिने भारत भ्रमण हुने, आर्थिक एजेण्डामा प्राथमिकता

काठमाण्डौ : प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण आगामी अप्रिल ६ तारिख अर्थात चैत २३ गतेदेखि नै हुने निश्चित भएको छ । प्रधानमन्त्री ओलीको भ्रमणका लागि भारत सरकारले पनि भव्य तयारी गरेको बताइएको छ । यता प्रधानमन्त्री ओलीले पनि आन्तरिक रुपमा तयारी तिब्र पारेका छन् ।

प्रधानमन्त्री ओलीको भ्रमण २ दिनको मात्र हुनेछ ।  यसअघि पनि चैत २४ गतेदेखि भ्रमण हुने भनिए पनि सरकारले आधिकारिक रुपमा अहिलेसम्म भ्रमण तालिका सार्वजनिक गरेको छैन । तर सुत्रले दिएको जानकारी अनुसार तीन दिने भ्रमण चैत २३ गतेदेखि २५ गतेसम्म नै गर्ने तयारी भइरहेको छ ।

यसपटकको भ्रमण विगतको जस्तो धेरै दिन बस्ने गरी नहुने र छलफलका एजेण्डा पनि उपलब्धिमुल बनाउने दाबी गरिएको छ । भारतसँग प्रधानमन्त्री ओलीले राजनीतिकभन्दा बढि आर्थिक एजेण्डालाई प्राथमिकता दिने बताइएको छ ।

प्रकाशित मिति: Mar 29, 2018

प्रतिक्रिया दिनुहोस्