Logo
२३ आश्विन २०८१, बुधबार
(March 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘बल ट्याम्परिङ’ पछि कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नरमाथि प्रतिबन्ध

अस्ट्रेलिया: अस्ट्रेलियाली क्रिकेटको नियामक निकाय ’क्रिकेट अस्ट्रेलिया’ले कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नरमाथि एक वर्षका लागि प्रतिबन्ध लगाएको छ ।

’बल ट्याम्परिङ’ अर्थात् बलको स्वरूप बिगारेको घटनालाई लिएर उनीहरूमाथि उक्त कारबाही गरिएको हो । स्वरूप बिगार्ने खेलाडी क्यामरन ब्यान्क्रोफ्टमाथि भने नौ महिनाको प्रतिबन्ध लगाइएको छ । शुक्रवार चौथो टेस्ट सुरु हुनुअगावै उनीहरूलाई घर फर्काइएको छ ।उक्त घटनाको क्रिकेट खेलक्षेत्रभित्र मात्रै नभई बाहिर पनि व्यापक आलोचना भइरहेका छन् ।

अस्ट्रेलियाली प्रधानमन्त्री म्याल्कम टर्नबुलले उक्त घटनाले ’पूरै मुलुकलाई एकदमै निराश’ बनाएको टिप्पणी गरेका थिए  स्मिथ र ब्यान्क्रोफ्टमाथि कप्तानी गर्न पनि दुई वर्षको प्रतिबन्ध लगाइएको छ । वार्नरलाई भविष्यमा कुनै पनि नेतृत्वदायी भूमिकाका लागि स्थान नदिइने क्रिकेट अस्ट्रेलियाले जनाएको छ ।

स्मिथ र वार्नरले यसवर्षको इण्डियन प्रेमीयर लिग पनि खेल्न नपाउने भएका छन् । आईपीएलका अध्यक्ष राजीव शुक्लाले क्रिकेट अष्ट्रेलियाले प्रतिबन्ध लगाएका खेलाडीलाई आईपीएल खेल्न पनि बन्देज लगाएको जनाए । दुवै खेलाडीले आईपीएलको आफ्नो टोलीबाट राजीनामा पनि दिएका छन् । वार्नर सनराइजर्स हैदराबाद र स्मिथ राजस्थान रोयल्सका कप्तान थिए ।

प्रकाशित मिति: Mar 29, 2018

प्रतिक्रिया दिनुहोस्