Logo
२९ असार २०८२, आईतबार
(March 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अध्यक्षमण्डलमा स्थान दिए राजपामा फर्किने मुडमा त्रिपाठी समूह

काठमाडौं : नेकपा एमालेको चुनाव चिन्ह लिएर प्रतिनिधि सभा सदस्यमा जीत हासिल गरेका हृदयेश त्रिपाठी र उनका राजनीतिक समुह पुनः राजपामै फर्किने तयारी थालेका छन् । तर त्यस्कालगी उनले राजपा अध्यक्ष मण्डलमा सामेल गराउनु पर्ने शर्त राखेका छन् ।

“अध्यक्ष मण्डलमा स्थान दिए, म राजपामा फर्किन तयार छु” उनको भनाइ उदृत गर्दै समाचार श्रोतले भने -“पार्टी फोडेकाहरु फेरि फर्केर आउदा सिधै अध्यक्ष हुने नजिर छ्दैछ, अब त्यही नजिर टेक्दै मलाई पनि अध्यक्ष मण्डलमा स्थान दिए, म राजपामा फर्किन तयार छु।” साथै उक्त समुहका आर्का नेता बृजेसकुमार गुप्तालाई भने वरिष्ठ नेतामा स्वीकार गर्नुपर्ने शर्त राखेका छन् ।

तर यसबारे प्रतिक्रिया लिन त्रिपाठीलाई सम्पर्क गर्दा उनले खुलेर कुरा गर्न चाहेन । “हामी एउटा राजनीतिक समुहका नाममा एमालेसँग सहकार्य गर्दै समझौता उस्को चिन्ह् लिएर चुनाव लडेका हौं, हामी एमालेमा प्रवेश गरेका थिएनौं, तसर्थ हामी स्वतन्त्र छौं” उनले भने “तर अब अगामी यात्रा के हुने हो त्यसबारे हामी बिमर्शमा छौं ।”

चुनावका बेला त्रिपाठी समेत गुप्ता समेत राजपा छाडी छुटै राजनीतिक समूह बनाएका थिए भने एमालेसँग लिखित सनझौता गर्दै उस्को चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिएका थिए । उक्त समुहमा २ जना सांसद छन् । स्वतन्त्रको हैसियतमा तर एमाले खेमाको सासंदको रूपमा सदनमा सहभागीता हुँदै आएका छन् ।

त्रिपाठी, गुप्ता सहित पशुपतिदयाल मिश्र, ईश्वरदयाल मिश्र र जगदीश शुक्ला लगायत मधेस मुद्दाका ठुलै अनुहार भनाउदाहरुले राजपाबाट बिद्रोह गरी सुर्य चिन्हबाट चुनाव लडेका थिए ।

प्रकाशित मिति: Mar 29, 2018

प्रतिक्रिया दिनुहोस्