Logo
६ कार्तिक २०८१, मंगलबार
(March 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सार्वजनिक विदामा व्यापक कटौती, ०७५ सालमा २२ दिन बढी कार्यालय खुल्ने

काठमाडौं : सरकारले २०७५ सालको सार्वजनिक विदा कटौती गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विदा कटौतीको निर्णय गरेको हो ।
यो निर्णयसँगै २०७५ सालमा सरकारी कार्यालय २२ दिन बढी खुल्ने सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । ‘सरकारले सम्बृद्धिको लक्ष्य लिएको छ र यसका लागि कार्यदिवस बढाउन जरुरी छ’ उनले भने ।

अब २०७५ सालमा सार्वजनिक विदा ८९ दिन हुनेछ । यसमा सबैका लागि ६७ दिन र कुनै खास धर्म र सम्प्रदायका लागि हुने विदा २२ दिनछ ।

२०७४ सालमा कुल १०४ सार्वजनिक विदा थियो । यो वर्ष पुरै विदा भएका १० वटालाई आंशिक बनाइएको छ भने १२ वटा विदा पूर्ण रुपमा कटौती भएको छ ।

प्रकाशित मिति: Mar 28, 2018

प्रतिक्रिया दिनुहोस्