Logo
६ चैत्र २०८१, बिहीबार
(March 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतिको सम्बोधन लगत्तै श्वेतपत्र ल्याउने सरकारको तयारी

काठमाडौं : श्वेतपत्र ल्याउन अन्तिम गृहकार्य सुरु गरिएको छ । अर्थमन्त्रालयले एक/दुई दिन भित्रै श्वेतपत्र ल्याउन अन्तिम गृहकार्य सुरु गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि बिहीबार संयुक्त सदनलाई सम्बोधन गर्ने र त्यस लगत्तै श्वेतपत्र ल्याउने तयारी भएको अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

संघीयता कार्यान्वयनपछिको आर्थिक व्यवस्थापन, वैदेशिक सहायतासहित नयाँ सरकारले आगामी दिनमा लिने आर्थिक नीति प्रस्ट पार्न श्वेतपत्र जारी गर्न लागिएको हो । स्रोतका अनुसार अर्थले आजै श्वेतपत्र प्रिन्ट गर्न छापाखाना पठाएको छ जुन शुक्रबारसम्म सार्वजनिक गर्नेछ ।

अर्थ मन्त्रालयका प्रवक्ता अर्जुन पोखरेलका अनुसार राष्ट्रपतिले संयुक्त संसदलाई सम्बोधन गरेपछि श्वेतपत्र जारी हुने बताउँछन् । ‘सरकारको नीति तथा कार्यक्रममा समेटिने विषय पनि श्वेतपत्रले छुने हुँदा श्वेतपत्र सार्वजनिक गर्न केही ढिला भएको हो ।’

राष्ट्रपति सम्बोधनका विषयहरु समेत श्वेतपत्रमा छुन पर्ने स्थिति आउने हुँदा शुक्रबार श्वेतपत्र जारी गर्न लागिएको अधिकारीको भनाई छ ।

प्रकाशित मिति: Mar 28, 2018

प्रतिक्रिया दिनुहोस्