Logo
१ जेष्ठ २०८१, मंगलबार
(March 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदेशी कुटनीतिज्ञहरुलाई बालुवाटार प्रधानमन्त्रीको यसरी गरे ‘बिफिङ’ (फोटोफिचर)

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले सरकारको योजना तथा नीतिका बारेमा नेपालस्थित कुटनीतिक नियोगका प्रमुख, पदाधिकारी र विकास साझेदारहरुलाई सोमबार ब्रिफिङ गरेका छन् । सो क्रममा प्रधामन्त्री ओलीले ६ बुँदा राजनीतिक र ५ बुँदा विदेश नीतिका मुख्य विषयसहित १५ पेज लामो समग्र सरकारको नीति र योजनाका विषयमा बिफ्रिङ गरेका थिए ।

ओलीले विभाजन र अस्थिरता चाहने शक्तिहरुलाई परास्त गरिछाड्ने भन्दै राष्ट्रियता, सार्वभौमिकताका विषयमा कसैसँग सम्झौता हुन नसक्ने बताए । बिफिङका क्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सम्बोधन गर्दै सरकारले सबै देशसँग सुमधुर सम्बन्ध राख्न चाहेको र नेपालको विकासमा सहयोगको अपेक्षा राखेको बताएका थिए । त्यसपछि प्रधानमन्त्रीले सरकारका नीतिबारे सामुहिक ब्रिफिङ गरेका थिए ।

छलफलपछि मन्त्री ज्ञवालीले सरकार दुई तिहाइको घमण्ड नगर्ने भन्दै विकास र सहकार्यमा सरकार तयार तयार रहेको जानकारी गराएको बताए । ‘नेपालले हस्ताक्षर गरेका अन्तराष्ट्रिय सन्धीसम्झौता पालना गर्छ । अन्तराष्ट्रिय जगतले दुविधा नराखे हन्छ । छिमेकी लगायत दुई देशका बीचमा समदुरी कायम गर्छौ । लगानी मन्त्री बातावातरण बनाउछौ, तपाइहरु लगानी गर्न डराउनुपर्दैन’ भनेर विफ्रिङ भयो मन्त्री ज्ञवालीले बताए ।

नेपालस्थित विभिन्न देशका राजदूत तथा विदेशी निकायका प्रतिनिधि र विकास साझेदारहरुलाई सरकारका प्राथमिकताका बारेमा जानकारी गराउन मंगलबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत नेकपा एमालेका नेताहरु ।

प्रधानमन्त्री केपी शर्मा ओली सरकारका प्राथमिकताका बारेमा जानकारी गराउन बालुवाटारमा मंगलबार आयोजित कार्यक्रममा सहभागी हुँदै नेपालस्थित विभिन्न देशका राजदूत तथा विदेशी निकायका प्रतिनिधि र विकास साझेदारहरु ।

तस्वीरहरु : रोशन सापकोटा, रासस

प्रकाशित मिति: Mar 27, 2018

प्रतिक्रिया दिनुहोस्