Logo
६ कार्तिक २०८१, मंगलबार
(March 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश ३ को प्रदेशसभा बैठक बस्दै, विषयगत समितिहरु गठन हुने

मकवानपुर : प्रदेश नंम्बर ३ को प्रदेशसभा बैठक मंगलबार बस्दै छ । एक महिना स्थगित भएको बैठक मंगलबारबाट सुरु हुन लागेको हो ।

बैठकमा विषयगत समिति गठनको प्रक्रिया सुरु गर्न बताएको छ । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले विषयगत समिति गठनको प्रक्रिया सुुरु गर्ने कार्यसूचि तय गरेपछि संसद बैठक बस्न लागेको तीन नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।

कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति गठन गर्ने निर्णय गरेको छ । प्रदेशसभा बैठकमा सोमबार सहमति भएका समितिका सदस्यहरुको नाम सहमतिको लागि प्रस्तुत हुने छ भने समितिका सभापतिको निर्वाचनको मिति तोकिने सभामुख श्रेष्ठले बताए।

त्यसैगरी, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेलले ‘प्रदेशका केही सार्वजनिक लिखत प्रमाणीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले ‘प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक’ प्रस्तुत गर्ने कार्यसूचि छ ।

बैठकमा मन्त्रिपरिषद् विस्तार तथा पुनर्गठन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको पत्र पढेर सुनाउने र कार्यव्यवस्था परामर्श समितिमा सदस्य मनोनयन गरेकोबारे सभामुखले जानकारी गराउने कार्यसूचि रहेको छ । बैठक चैत १६ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

प्रकाशित मिति: Mar 27, 2018

प्रतिक्रिया दिनुहोस्