Logo
६ कार्तिक २०८१, मंगलबार
(March 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुसको एक सपिङ्गमलमा भीषण आगलागी, ५३ को मृत्यु कयौँ बेपत्ता

मस्को : रसियाको दक्षिणी भागमा पर्ने केमेरोभो सहरमा रहेको एक ‘सपिङ्ग मल’मा भीषण आगलागी हुँदा कम्तीमा ५३ जनको मृत्यु भएको छ भने कम्तीमा ४५ जना घाइते भएका छन् । आगोको मुस्लोका कारण ६९ जना अझै पनि बेपत्ता छन् । बेपत्ता रहेकामा ४१ जना बालबालिका पनि रहेका छन् ।

सो सपिङ्ग मलमा रहेका करिब १२० जनालाई भने सुरक्षित स्थानमा सारिएको छ । प्रहरीले उद्धार कार्य जारी राखेको छ ।
सपिङ्ग मलको करिब १ हजार स्क्वायर मिटरमा सो आगलगाी फैलिएको रसियाली समाचार समिति स्पुत्नीकले जानकारी दिए ।

रसियाली सङ्कटकालीन व्यवस्थापन मन्त्रालयको सोमबार जारी विज्ञप्तिका अनुसार आगलागी भएको सो इलाकामा धुँवाको निकै बाक्लो मुस्लो माथिसम्म उडेको देखिएको छ । जसकारण आगलागीमा फसेका नागरिकको उद्धारमा निकै ठूलो समस्या आएको छ । रसियाली सङ्कटकालीन व्यवस्थापन मन्त्री भ्लादिमिर पुचकोभकाअनुसार आगलगी भएको सो सपिङ्ग सेन्टरमा पहिलो चरणको खोजी र उद्धारकार्य स्थानीय समयानुसार साँझको ६ बजे सम्म सकिने छ ।

मौसम अत्यन्त चिसो भएको कारण सो समयभन्दा बढी खोजी र उद्धारकार्य जारी राख्न नसकिने बतमइको छ । आगलगीको कारण भने अझै खुलेको छैन र अनुसन्धान कार्यलाई अघि बढाइएको छ ।

प्रकाशित मिति: Mar 26, 2018

प्रतिक्रिया दिनुहोस्