Logo
१६ बैशाख २०८१, आईतबार
(March 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकपुरमा एसईई गणित विषयको प्रश्नपत्र ‘आउट’

जनकपुर : धनुषा स्थित फकिरचन्द जनता माध्यमिक विद्यालय बरकुर्वाबाट एसईई गणित विषयको प्रश्नपत्र बाहिरिएको छ । एसईई परीक्षाको तेस्रो दिन गणित विषयको परीक्षा भइरहेकोमा परीक्षा सुरु भएको केहीबेरमै ह्वाट्सयपबाट प्रश्नपत्र आउट भएको सार्वजनिक भएको थियो ।

धनुषाका जिल्ला शिक्षा अधिकारी यमबहादुर खड्काले प्रश्नपत्र आउट भएको जानकारीमा आएको र छानविन भैरहेको बताए । प्रश्नपत्र आउट भएको बारेमा केन्द्राध्यक्ष बैजु साहले भने अस्वीकार गरेका छन् । परीक्षा सुरु भएको केहीबेरमै परीक्षा केन्द्रबाट मोबाइल फोन गरी प्रश्नपत्र आउट भएको थियो ।

जिल्ला शिक्षा अधिकारी खड्काको अनुसार परीक्षा केन्द्रमा केन्द्राध्यक्ष बाहेक भित्र गार्डहरुलाई समेत फोन प्रयोग गर्न नदिएको भन्दै सहायक शिक्षा अधिकारी मेहिलाल यादवको टोलीलाई परीक्षा केन्द्रमा छानविनको लागि पठाइएको जानकारी दिए । टोली परीक्षा केन्द्र पुगेको र फर्किएपछि थप कुरा बाहिर आउने उनले बताए ।

 

 

 

 

प्रकाशित मिति: Mar 26, 2018

प्रतिक्रिया दिनुहोस्