Logo
१६ बैशाख २०८१, आईतबार
(March 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अस्थायी शिक्षकका अनशन विरुद्ध अब नेविसंघको आन्दोलन

काठमाडौं : शिक्षा एेन नवौं संशोधनको विरोधमा कांग्रेस निकट नेविसंघले आज देखि आमरण अनशन शुरू गर्ने भएको छ । संघका पाँच युवाले आज अपरान्ह ४ बजेदेखि माइतीघर मण्डलामा आमरण अनसन शुरु गर्न लागेको महामन्त्री कुन्दनराज काफ्लेले बताए ।

चैत्र २३ मा सञ्चालन गर्न लागिएको अस्थायी शिक्षक परीक्षा रोक्न नेविसंघले माग गरेको छ ।  काफ्लेले अस्थायी शिक्षकको माग पूरा गर्ने नाममा युवाहरुलाई प्रतिस्पर्धाबाट वञ्चित गरिएको बताए । शिक्षित बेरोजगार बढिरहेको अवस्थामा खुकुलो प्रावधान सहित अस्थायी शिक्षक हरुलाई स्थायी गर्न लागिएको उनले बताए ।

२२ हजार स्थायी दरबन्दीका लागि २३ हजारले प्रतिस्पर्धा गर्दैछन् । उत्तीर्ण हुनका लागि अस्थायी शिक्षकले पूर्णाङ्क को ४० प्रतिशत अंक ल्याए हुने प्रावधान छ।

प्रकाशित मिति: Mar 26, 2018

प्रतिक्रिया दिनुहोस्