Logo
२१ बैशाख २०८१, शुक्रबार
(March 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपत्यकामा मिनी क्यासिनोको धन्दा, एक महिनामै दुईसय पक्राउ

काठमाडौं : उपत्यकामा मिनी क्यासिनोको धन्दा मौलाउँदै गएको छ । ठूला पाँचतारे होटलमा सञ्चालित क्यासिनोमा नेपाली नागरिकलाई सरकारले प्रवेश निषेध गरेपछि राजधानीमा मिनी क्यासिनोको मौलाउँदै गएको हो ।

प्रहरीका अनुशार पछिल्लो समय विशेषगरी तस्करी क्रियाकलापमा संलग्नहरू जुवा खेल्न सक्रिय छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले पछिल्लो एक महिनामा राजधानीका ३० अवैध जवाघरबाट दुई सय जनालाई पक्राउ गरेको जानकारी दिए ।

उनीहरूको साथबाट करिब २५ लाख रुपैयाँ बरामद भएको छ । ‘घर वा कोठा भाडामा लिएर, होटल रेष्टुरेण्ट, र रिसोर्ट बुकिङ गरेर पेशेवर रूपमा जुवा खेल्ने खेलाउनेको संख्या बढेको छ’, उनले भने, ‘पक्राउ परेकामध्ये कुनै व्यक्तिले मनोरञ्जनका लागि जुवा खेलेको दाबी गरेका छन् ।’ प्रहरीले छापा मारेका अधिकांश जुवाखालबाट लाख रुपैयाँभन्दा बढी नगद बरामद गरेको छ। ‘काठमाडौंका कतिपय टोल, गल्ली, होटल, रेष्टुरेण्ट र रिसोर्टमा जुवा खेलाउने गरेको सूचना आइरहेका छन्’, उनले भने। सबै अवैध जुवा अड्डामा छापा मारेर उनीहरूलाई कानुनी दायरामा ल्याउने पोखरेलले बताए ।

राजधानीको चन्द्रागिरि नगरपालिका–८ मातातीर्थस्थित तुलाराज पाण्डेको घरमा जुवा खेलिरहेको अवस्थामा शनिबार प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। त्यहाँबाट एक लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीको अप्रेशनबाट मिनी क्यासिने चलाउनेहरु पछिल्लो समय बढिरहेको प्रष्ट हुन्छ ।

प्रकाशित मिति: Mar 26, 2018

प्रतिक्रिया दिनुहोस्