Logo
२० जेष्ठ २०८१, आईतबार
(March 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्थमन्त्रीद्धारा ठूला आयोजना निर्माणका लागि निजी क्षेत्रलाई आह्वान

विराटनगर : अर्थमन्त्री डा युवराज खतिवडाले ठूला आयोजना निर्माणका लागि निजी क्षेत्रलाई आह्वान गरेकाछन् । उनले वर्तमान सरकार निजी क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताए । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङद्वारा आइतवार विराटनगरमा संयुक्त रुपमा आयोजित भेटघाट एवं छलफल कार्यक्रममा उनले वर्तमान अवस्थामा मुलुकमा आवश्यक लगानीका लागि रु १४ खर्व आवश्यक भएकाले निजी क्षेत्रको सहयोग आवश्यक रहेको प्रष्ट पारे ।

उनले ठूला आयोजना निर्माणका लागि निजी क्षेत्रलाई आह्वान गर्दै यसको निर्माणमा देखिने विभिन्न समस्या समाधान गर्न सरकारले फाष्ट ट्रयाकबाट कार्य गर्ने बताए । अर्थमन्त्री खतिवडाले सार्वजनिक निजी मोडलमा औद्योगिक विकास क्षेत्र निर्माण गर्न उद्योमीलाई आग्रह गर्दै यसमा सरकार सहकार्य गर्न तयार रहेको बताए । उनले बैंकको व्याजदर परिवर्तनले उद्यमीलाई मर्का परेको बताउँदै उद्योगमा बैंकले लगानी गर्दा एउटा निश्चित समय तोकी व्याजदर निर्धारण गर्नुपर्नेमा जोड दिए ।

उनले स्वदेशी गुणस्तर उत्पादन हुने वस्तु विदेशवाट आयात नगर्न व्यापारीलाई आग्रह गर्दै यसबाट यहाँ संचालित उद्योगका काम गर्ने नेपालीको रोजगारी खोसिने बताए । प्रधानमन्त्रीको आगामी भारत भ्रमणमा नेपालमा रहेको प्रतिबन्धित पाँच सय र एक हजार भारतीय रुपैयाँका समस्या समाधानका विषयमा कुरा हुने उनले बताए ।

प्रकाशित मिति: Mar 25, 2018

प्रतिक्रिया दिनुहोस्