Logo
१६ बैशाख २०८१, आईतबार
(March 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अस्थायी शिक्षकहरुको अनसन विरुद्धमा उत्रिए विद्यार्थी : आत्मदाह गर्ने चेतावनी

काठमाडौ : शिक्षक सेवा आयोगले लिन लागेको परिक्षा स्थगितको माग राख्दै अनसनमा बसेका अस्थायी शिक्षकहरु विद्यार्थी कडा रुपमा उत्रेका छन् । अस्थायी शिक्षक परीक्षा स्थगितको माग राख्दै भद्रकालीमा दुई जना अस्थायी शिक्षक अनसन बसिरहेका बेलामा झण्डै ५ सय मिटर दुरीमा विद्यार्थीहरु पनि अनसन बस्ने भएका छन् ।

चैत १२ गते सोमबारदेखि शतप्रतिशत दरबन्दीमा खुला विज्ञापनमा माग राख्दै माइतिघर मण्डलामा तीन जना विद्यार्थीहरु अनसन बस्ने भएका हुन् ।

तीन जना विद्यार्थीहरु त्रिवि शिक्षाशास्त्र पहिलो सेमेस्टरमा अध्ययनरत मोरङका मिलन बास्तोला, त्रिवि शिक्षाशास्त्रमा दोस्रो सेमेस्टरमा अध्ययनरत भोजपुरका राजन लम्साल र त्रिवि शिक्षाशास्त्र पहिलो सेमेस्टरमा अध्ययनरत बाजुराका हेमराज थापा अनसन बस्ने विद्यार्थी संघर्ष समितिका संयोजक पुष्कर शर्माले जानकारी दिएका छन् ।

भिन्दा भिन्दै माग राखेर आन्दोलनमा होमिएका अस्थायी शिक्षक र विद्यार्थीहरुको अहिलेको पहिलो माग भने चैत २३ गतेका लागि तोकिएको अस्थायी शिक्षकको परीक्षा स्थगित गर्दै आ–आफ्ना माग सम्बोधन गर्नुपर्ने माग अगाडि सारेका छन् ।

विद्यार्थीहरुले विभिन्न चार बुँदे माग अगाडि सारेका छन् । शिक्षा ऐन नवौं संशोधन खारेज हुनुपर्ने, खुला प्रतिष्पर्धात्मक प्रणालीबाट शिक्षक नियुक्ती गर्नुपर्ने, चैत २३ गतेको अस्थायी शिक्षक परीक्षा तत्कालन स्थगित हुनुपर्ने तथा गुणस्तरीय शिक्षा काम नभएसम्म आन्दोलन जारी रहने शर्माले स्पष्ट पारे ।

उनीहरुले नवौं संशोधन खारेज नभए आफूहरु आत्मदाहा गर्न समेत तयार रहेको चेतावनी दिए । अबको विकल्प मरण वा नवौं संशोधनको खारेजी रहेकाले सरकारले कुनै पनि हालतमा माग सम्बोधन गर्नुपर्ने उनीहरुको भनाइ छ ।

लामो समयदेखि आन्दोलनतर विद्यार्थीहरुले ७५ प्रतिशत आन्तरिक प्रतिष्पर्धाको विरोध गर्दै आइरहेका छन् । उनीहरुले लाइसेन्स लिएर शिक्षक बन्न तयार रहेका दक्ष जनशक्तीलाई पाखा लगाउने काम कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारिसकेका छन् ।

प्रकाशित मिति: Mar 25, 2018

प्रतिक्रिया दिनुहोस्