Logo
८ जेष्ठ २०८१, मंगलबार
(March 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकैपटक एप्पलले तीन वटा नयाँ मोडलको फोन सार्वजनिक गर्दै

एप्पलले सन् २०१८ मा तीन नयाँ मोडलका फोनहरु सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीले आधिकारिक रुपमा नयाँ फोन सार्वजनिक गर्ने मिति तय भने गरेको छैन ।

विभिन्न सञ्चारमाध्यमका अनुसार कम्पनीले आइफोन–एक्सको अपडेटेड भर्सन सेप्टेम्बरसम्म सार्वजनिक गर्नेछ।ब्लमबर्गको रिर्पोट अनुसार एप्पलले ६.५ इन्च डिस्प्ले भएको नयाँ आइफोन सार्वजनिक गर्न सक्ने जनाएको छ ।

उक्त फोनलाई डी–३३ को कोड नाम दिइएको छ। डी–३२ कोड भएको दोस्रो फोन आइफोन–एक्सको अपडेटेड भर्सन हुनेछ। यस्तै, तेस्रो मोडलको फोन आइफोन–एक्सभन्दा केही सस्तो हुने बताइएको छ।

फोनमा एड्ज–टू एड्ज डिस्प्ले र फेस आइडी जस्ता फिचरहरु रहने द इन्डियन एक्सप्रेसले जनाएको छ। एप्पलको नयाँ मोडलका आइफोनहरुमा ए–१२ चिपहरु प्रयोग हुनेछन्।

कम्पनीले यही मार्च २७ तारिख अमेरिकाको सिकागोमा सस्तो म्याकबुक र आइप्याडहरुको घोषणा गर्ने कार्यक्रम तय गरेको छ।

प्रकाशित मिति: Mar 25, 2018

प्रतिक्रिया दिनुहोस्