Logo
६ कार्तिक २०८१, मंगलबार
(March 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रममन्त्री गोकर्ण विष्टको ‘एक्सन’ पछि रमना लिदैँ कर्मचारी

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगार विभागमा हाजीर रोक्न निर्देशन दिएपछि कर्मचारीहरुले रमना बुझ्ने तयारी गरेका छन् ।

दरवन्दी भन्दा बढि १२ नायव सुब्वा,दुई कम्प्युटर अधिकृत र दुई कार्यालय सहयोगी श्रम कार्यालयबाट सरुवा भएपनि रमाना लिन नमानेको भन्दै मन्त्रीले हाजिर रोक्न विभागकमा उच्च अधिकारीलाई निर्देशन दिएसँगै कर्मचारीले रमाना वुझ्ने तयारी गरेका छन् ।

मन्त्री बिष्टले बैदेशिक रोजगार विभागबाट सरुवा भएर कार्यालय नछोडेका कर्मचारीहरुको हाजीर रोक्न गत विहिवार निर्देशन दिएका थिए ।  दरवन्दी भन्दा बढी भएर पनि ‘कमाउ कार्यालय’मा अटेर गरि वसिरहेका १६ कर्मचारीको हाजिर रोक्न लगाएका थिए ।

यसअघि रमाना लिन नमान्ने कर्मचारीहरुमा नासु लोकेन्द्रबहादुर रावल,कुमारबहादुर कटवाल,रवीन्द्र घिमिरे,राजन घिमिरे, गौरीकुमारी कार्की, लक्ष्मण गुरागाईं,केदार घिमिरे, यज्ञप्रसाद आचार्य,यज्ञबहादुर ओली,विद्याप्रसाद जैसी,सुमन पौडेललगायत रहेका छन् ।

उच्च स्रोतका अनुशार मन्त्रीको निर्देशन आएसँगै उनीहरुले रमना बुझी सरकारले खटाएको ठाउँमा जान तयार देखिएको बताइएको छ ।

प्रकाशित मिति: Mar 25, 2018

प्रतिक्रिया दिनुहोस्