Logo
६ जेष्ठ २०८१, आईतबार
(March 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खोटाङको जनजाति पत्रकार महासंघको अध्यक्षमा रामधन राई चयन

खोटाङ : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ खोटाङका अध्यक्षमा रामधन राई चयन भएका छन् ।

गए राति सम्पन्न जिल्ला शाखाको तेस्रो जिल्ला अधिवेशनले एघार सदस्यीय समिति चयन गरेकामा उपाध्यक्षमा सुनिता मगर, सचिवमा लालबहादुर मगर, सहसचिवमा रमिला राई र कोषाध्यक्षमा गोमा राई निर्वाचित भएका छन् ।

समितिका सल्लाहकारमा डम्बरसिं राई, दमन राई, भीम राई, उजुर राई र विजय राई रहेका छन भने महासंघ केन्द्रीय सभासद्मा केदार मगर, सङ्गीता राई र डिएम चाम्लिङ तथा पर्यवेक्षकमा डम्बरसिं राई र भीम राईलाई चयन गरिएको जनाइएको छ ।

प्रदेश सभासद्मा सूर्य तामाङ, चिसाङ शेर्पा, सुनीता मगर र गोमा राई तथा पर्यवेक्षकमा लालबहादुर मगर रहेका छन् ।

प्रकाशित मिति: Mar 25, 2018

प्रतिक्रिया दिनुहोस्