Logo
६ कार्तिक २०८१, मंगलबार
(March 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाईको मासु बिक्री गर्ने ११ जना विरुद्ध जन्मकैदको फैसला

गाईको मासु बिक्री गर्ने ११ जना विरुद्ध जन्मकैदको फैसला सुनाइएको छ । भारतको झारखण्ड राज्यको एक अदालतले गाईको मासु बिक्री गर्ने ११ जनालाई जन्मकैदको सजाय सुनाएको छ । गाईको मासुको व्यवसायिक कारखाना खोलेर व्यापार गरेको अभियोगमा ११ जनालाई जन्मकैदको सजाय सुनाइएको हो ।

गाईको मासुको व्यापार गर्ने मुस्लिमविरुद्ध भारतमा कडाई गरिएको भए पनि जन्मकैदको फैसला सुनाइएको थिएन् । यसरी गाईको मासुको व्यावसायिक कारखाना खोलेका ११ जना भारतीय मुस्लिम नागरिकविरुद्ध अदालतले यस्तो सजाय पहिलो पटक सुनाएको बीबीसीले जनाएको छ ।

अघिल्लो वर्षमात्र गाईको मासु विक्री गरेको अभियोगमा ५५ वर्षीय अलिमुद्धिन अन्सारीलाई स्थानीयले कुटिकुटी मारेका थिए । भारतमा गाईको मासु बिक्री गरेकै नाममा मुस्लिम र हिन्दू समुदायबीच झडप हुँदै आएका छन् ।

गाईको मासु काटेको, बिक्री गरेको र व्यापार चलाएको अभियोगमा पटकपटक मुस्लिम समुदायका भारतीय नागरिक पक्राउ परेपनि यसअघि त्यहाँका अदालतले जन्मकैदको सजाय सुनाएको थिएन । गतवर्ष भने गाईको हत्या गरेको आरोपमा पटकपटक भएका झडपमा १० जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: Mar 25, 2018

प्रतिक्रिया दिनुहोस्