Logo
६ कार्तिक २०८१, मंगलबार
(March 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अरुण तेस्रोका सिनियर मेनेजरको खोलामा डुबेर मृत्यु

संखुवासभा : अरुण तेस्रो जलविद्युत् परियोजना संखुवासभामा सिनियर मेनेजरका रुपमा काम गर्दै आएका एक कर्मचारीको खोलामा डुबेर मृत्यु भएको छ ।

भारतको हिमाञ्चल प्रदेश किन्नर जिल्ला घर भई हाल अरुण तेस्रो जलविद्युत आयोजनामा कार्यरत ३५ वर्षका गौरव मेघी गुरुङको साथीसँग खाँदबारी नगरपालिका–९ स्थित सभा खोलाको आइतबारे दहमा पौडी खेल्ने क्रममा पानीमा डुबेर मृत्यु भएको हो ।

प्रहरी टोली तथा स्थानीयवासीले उद्धार गरी मनकामना अस्पताल तुम्लिङटारमा पुर्याए पनि उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । रासस

प्रकाशित मिति: Mar 25, 2018

प्रतिक्रिया दिनुहोस्