युरोपियन युनियनलाई देश निकाला गर्नु पर्छ : नेता पन्त (भिडियो)
काठमाडौं : नेकपा एमालेका नेता रधुजी पन्तले युरोपियन युनियन (इयू)लाई तत्काल देश निकाला गर्नु पर्ने बताउनु भएको छ । एविसी न्युजको नियमित कार्यक्रममा बोल्दै उहाँले युरोपियन युनियनको नियत ठिक नभएको बताउनु भयो ।
उहाँले युरोपियन युनियन नेपाली नेपाली बीच द्धन्द फैलाउन खोजेको आरोप लगाउँदै एनजिओ आइएनजिओको नाममा पैसा लगानि गरी मुलुकलाई पुनः द्धन्द तर्फ उन्मुख गराउन खोजेको बताउनु भयो ।