Logo
२८ आश्विन २०८१, सोमबार
(March 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आउँदैछ, विश्वको सबैभन्दा सानो आकारको कमप्यूटर

सानो-सानो चिज हेर्दा त रमाइलो लागछ तर त्यो चिज हाम्रो जीवनकालागि कति उपयोगी हुनसक्छ भन्ने कुरा के तपाई हामीलाई थाहा छ ? सानो आकारको चिज पनि हाम्रो जीवनको लागि उपयोगी हुनसक्छ भन्ने कुरा, यस १ मिली मिटरको कमप्यूटरले प्रमाणित गरेको छ ।

आईबिएम कम्पनी थिंक २०१८ मा आफनो अविष्कारलाई विश्वसामू प्रदर्शन गर्ने तयारी गरको छ । आईबिएमले १ मिलीमीटर लम्बाई र १ मिलीमिटर चौडाई भएको सानो कमप्यूटर बनाएको छ । जसमा इंटर्नल मेमोरी, पावर बैटरी, चिप, पावर्ड प्रोसेसर, एमबी रैम, एलईडी आधारित एक कम्यूनीकेशन यूनिट फोटो डिटेक्टर राखिएको छ ।

यसको निर्माणमा अमेरीकी सेन्ट अर्थात १० रुपयाँ भन्दा पनि कम खर्च भएको छ । आगामी ५ बर्षमा यसको व्यापक प्रयोग बढने बिज्ञहरुको अनुमान छ । यसको प्रयोगबाट कुनै पनि सामान सही ठाउँमा पुग्यो अथवा पुगेन भन्ने छिटै र सजिलै पत्ता लगाउँन सकिन्छ । यसबाट चोरी जस्ता अपराधहरु रोक्न मद्यत मिल्ने विज्ञहरुको दावी छ ।

प्रकाशित मिति: Mar 23, 2018

प्रतिक्रिया दिनुहोस्