Logo
२६ जेष्ठ २०८२, आईतबार
(March 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

US बंगला बिमानको पाइलटकी पत्नीको पनि मृत्यु

करीव दुई साता अघि काठमाडौंमा दुर्घटना भएको युएस बंगला एयरलाइन्सको विमान चालककी पत्नीको पनि शुक्रबार विहान मृत्यु भएको छ ।

विमान चालक पति अबिदको मृत्युको खवर पछि सुल्तानकी पत्नी अफ्सना खानमलाई हार्टअट्याक भएको थियो ।उपचारको लागि उनलाई राजधानी ढाकाको नेशनल इन्ष्टिच्युट अफ न्युरो साइन्स एण्ड हस्पिटलमा भर्ना गरीएकोमा शुक्रबार विहान साढे ९ बजे उनको मृत्यु भएको हो ।

बंगलादेशी सञ्चार माध्यम द डेली स्टारको अनुसार गत फागुन २८ गते काठमाडौंमा मृत्यु भएका पति अबिदको चिहान नजीकै मुस्लिम धर्म अनुसार पत्नी अफ्सना खानमको पनि दाहसंस्कार गरिने छ ।

प्रकाशित मिति: Mar 23, 2018

प्रतिक्रिया दिनुहोस्