Logo
२३ बैशाख २०८१, आईतबार
(March 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जागिर अवधीमा छुट्टि नलिने कर्मचारीलाई ३ लाख ७५ हजार जरीवाना

फ्रान्समा भने यस्तो कानून छ, जहाँ बिदा नलिने कर्मचारीलाई भत्ता होइन, सजाय दिइन्छ । हालै एउटा घटना सार्वजनिक भएको छ । जसले सबैलाई छक्क पार्दछ । फ्रान्समा हालै एकजना बेकरमाथि ३६ सय डलर (तीन लाख ७५ हजार) बराबरको जरिवाना भएको छ । उक्त जरिवानाको कारण थियो– बिदा नलिइकन काम गर्नु ।

४१ वर्षीय सेड्रिक भाइब्रेमाथि अघिल्लो वर्षको गर्मीयाम यता कामबाट एकदिन पनि बिदा नलिएको आरोप लागेको छ । बिदा नलिइकन काम गर्दा उसले त्यहाँको श्रम कानून तोडेको ठहर सरकारको छ । पर्यटकको संख्या बढेसँगै उनले बढी मुनाफा कमाउने आशामा हप्ताको सातैदिन बेकरी खोलेका थिए । जबकि कानून अनुसार हप्तामा केवल ६ दिनमात्र काम गर्न पाइन्छ ।

भत्ताको लोभमा काम नभैकन पनि बिदाको दिन अफिस धाउने बाह्रमासे लोभी कर्मचारीलाई ठेगान लगाउनका लागि मात्र होइन, खाली अनेक निहुँ पारेर बिदा बसिरहने हाम्रो देशका कर्मचारीका लागि समेत यस्तो नियम निकै लाभकारी हुने देखियो, कि कसो ?

प्रकाशित मिति: Mar 23, 2018

प्रतिक्रिया दिनुहोस्