Logo
५ जेष्ठ २०८१, शनिबार
(March 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ वर्षदेखि बुध्द एयरको फेरि काठमाडौं-सुर्खेत दैनिक उडान

काठमाडौं । नयाँ वर्षदेखि बुध्द एयरले काठमाडौं–सुर्खेतको दैनिक उडान फेरि सुरु गर्ने भएको छ । बुध्द एयरले २०६९ पुष देखि २०७० आषाढसम्म काठमाडौंबाट सुर्खेतको दैनिक उडान सञ्चालन गरेको थियो । उक्त अवधिमा पर्याप्त यात्रु नहुँदा आर्थिक भार परी सुर्खेत उडान वाध्यतावश रोकिन गएको थियो ।

देशको बदलिँदो राजनीतिक, सामाजिक र आर्थिक परिस्थितिमा कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई केन्द्रीय राजधानी काठमाडौंसँग जोड्नु बुध्द एयरले आफ्नो दायित्व सम्झेको छ । सोही अनुसार नयाँ वर्ष २०७५ ९वैशाख १ गते० देखि पुनः काठमाडौं–सुर्खेत–काठमाडौं उडान सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण समक्ष निवेदन दिने तयारी गरेको छ ।

आर्थिकभार बढे पनि बुध्द एयरले १८ सिट क्षमताको द्यभभअज ज्ञढण्ण्म् जहाजबाट काठमाडौं–सुर्खेत–काठमाडौंको दैनिक एक उडान भर्ने योजना बनाएको छ । नेपाल सरकार तथा नागरिक उड्डयन प्राधिकरणले तोकेको अधिक्तम एकतर्फी भाडा दर रु। ११,४१९ भएता पनि आधा सिट रु । ८,५००र र बाँकी आधा सिट रु। १०,५००र मा बेच्ने कम्पनीले विज्ञप्तिमा जनाएको छ ।

कर्णाली प्रदेशमा पर्यटनका थुप्रै अवसर र गन्तव्यहरु छन् । यसबाट स्थानीय जनता तथा प्रदेश सरकार पक्कै पनि लाभान्वित हुनेछ । तसर्थ बुध्द एयरको यस प्रयासले पर्यटन लगायत अन्य क्षेत्रहरुमा पनि आर्थिक वृद्धि तथा समुचित प्रदेशकै समृद्धिमा टेवा पुग्ने विश्वास लिएको छ ।

प्रकाशित मिति: Mar 23, 2018

प्रतिक्रिया दिनुहोस्