Logo
२६ आश्विन २०८१, शनिबार
(March 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकपुरको राराब परीक्षामा अनियमितता : त्रिविले थाल्यो छानबिन

धनुषा : जनकपुर स्थित स्नातकोत्तर तहको परीक्षामा कडाइ गर्दै त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले रामस्वरूप रामसागर बहुमुखी (राराब) क्याम्पसमा भइरहेको चिट चोरीको छानबिन थालेको छ । राराब क्याम्पसका प्रमुख विजयकुमार लालले परीक्षामा कडाइ गरिएको बताए ।

स्नातकोत्तरका परीक्षार्थी परीक्षा हलमै नोटबुक र गाइडबाट सबै प्रश्नको उत्तर खुलेआम सार्ने गरेको समाचार तस्बिरसहित कान्तिपुरमा प्रकासित भएपछि त्रिविले छानबिनका लागि सह–नियन्त्रक अखिलेश कुमार सिंहलाई जनकपुर पठाएको छ । सिंहले बिहीबारको परीक्षामा कडाइ गरिएको बताए । उनले परीक्षा मर्यादित बनाएर अध्ययनलाई पनि व्यवस्थित बनाइने बताए । राराब क्याम्पसमा स्नातकोतर प्रमथ वर्ष राजनीति शास्त्रमा अध्ययनरत रोशन मिश्रले परीक्षा मर्यादित बनाउन विद्यार्थी सहमत रहेको बताए ।

जनकपुरको राराब क्याम्पसमा जारी स्नातकोत्तर परीक्षामा बिहीबार फरक दृश्य देखियो । त्रिविले परीक्षामा कडाइ गरेपछि चिट चोर्न पाउनुपर्ने भन्दै परीक्षार्थीले नारबाजी नै गरे । चिट चोरी गरिरहेका १४ जना परीक्षार्थीलाई परीक्षा हलबाट निष्काशित गरिएपछि उनीहरूले नाराबाजी गरेका हुन् । परीक्षमा चिट चोरीको छानबिन गर्न आएका त्रिविको टोलीले निरीक्षकसँगको सहयोगमा परीक्षा हलमा प्रवेश गर्नुअघि नै परीक्षार्थीले बोकेको चिट खोसेको थियो ।

परीक्षार्थीबाट नोटबुक, गेसपेपर, फोटोकपी खोस्दै मोबाइल र झोला पनि थुतेर क्याम्पसको प्रशासनले कोठामा थन्काएका थिए । अन्य दिन परीक्षामा चिट चोरी गर्न सघाउने निरीक्षक र पर्यवेक्षक बिहीबार परीक्षा मर्यादित बनाउन खटिएका थिए । परीक्षामा निगरानी बढाएका कारण परीक्षा सुरु भएको एक घण्टामै परीक्षार्थीले धमाधम उत्तर पुस्तिका बुझाएको उप प्रध्यापक डा. विनोदलाल कर्णले बताए । खालीे उतर पुस्तिका निरीक्षकलाई बुझाएर परीक्षार्थी भकानिँदै बाहिरिएको उनले बताए ।

प्रकाशित मिति: Mar 23, 2018

प्रतिक्रिया दिनुहोस्