Logo
२८ बैशाख २०८१, शुक्रबार
(March 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्यालयबाट तलब नपाएपछि प्रअ नै बने गाउँपालिकाको कास

सल्यान : करीव आठ वर्ष विद्यालयमा प्रधानाध्यापक भएर काम गरेका सल्यानका हेमन्तबहादुर थापा गाउँपालिकामा कार्यालय सहयोगी बनेका छन्। विद्यालयले तलब नदिएपछि थापाले प्रधानाध्यापकको जागिर छाडेर दार्मा गाउँपालिकाको कार्यालय सहयोगीमा काम सुरु गरेका हुन्। प्रधानाध्यापक नै कार्यालय सहयोगीको जागिर खान गएपछि दार्मा–४ मा रहेको वाल कल्याण प्राथमिक विद्यालयको पठन पाठन प्रभावित भएको छ।

विद्यालयमा पढाउदा तलब नपाएपछि विद्यालय छाडेर गाउँपालिकामा कार्यालय सहयोगीको जागिर सुरु गरेको थापाले बताए। दार्मा गाउँपालिका–४ भल्चौर निवासी थापा वालकल्याण प्राविमा ०६६ सालदेखि निजी स्रोतका शिक्षक थिए। दुर्इ वर्षदेखि तलब नपाएपछि गाउँपालिकामा कार्यालय सहयोगीमा काम गर्न थालेको थापाले बताए।

०६६ मा मासिक १२ सय रुपैयाँ तलबमा विद्यालयमा पढाउन शुरु गरेका थापा २०६९ सालमा विद्यालयको प्रधानाध्यापक बनेका थिए। थोरै भए पनि तलब आउँछ भनेर काम गरेँ, तर दुई वर्षदेखि त्यही तलब पनि नपाएपछि बाध्य भएर विद्यालय छाड्नु प¥यो, थापाले भने।

प्रधानाध्यापक नै गाउँपालिकामा जागिरे हुन गएपछि ३१ जना विद्यार्थी रहेको विद्यालयमा पढाई प्रभावित भएको छ। विद्यालय अहिले एकजना बालविकास सहयोगी कार्यकर्ताको भरमा सञ्चालन भईरहेकोछ। स्थायी दरबन्दी नरहको उक्त विद्यालय स्थानीयले दिने चन्दाको भरमा चल्दै आएको बालविकास सहयोगी कार्यकर्ता निरा बुढाथोकीले बताइन्।

पहिले दुई जना शिक्षक थियौँ, प्रधानाध्यापक नै विद्यालय छोडेर जानु भयो। अहिले मलाई समस्या भएको छ, बुढाथोकीले भनिन्, जिल्ला शिक्षा कार्यालयले पहिले पिसिएफको पैसा पनि दिन्थ्यो। यो वर्ष त्यो पनि दिएको छैन। न त स्थानीयले चन्दा उठाउँछन्। रासस

प्रकाशित मिति: Mar 23, 2018

प्रतिक्रिया दिनुहोस्