Logo
६ कार्तिक २०८१, मंगलबार
(March 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाँकी तीन जना मन्त्रि थप्न मन्त्रीपरिषद् विस्तार हुँदै

कास्की : प्रदेश नम्बर ४ को मन्त्रीपरिषद् आज विस्तार हुँदैछ । मुख्‍यमन्त्री पृथ्वीसुब्बा गुरुङकले दिउँसो ३ बजेका लागि मन्त्रीपरिषद् बैठक बलाएका छन् । ७ मन्त्रालयको प्रदेश ४ मा चार जनाको मन्त्रीपरिषद् बनिसकेको छ । बाँकी तीन जना मन्त्री बन्दैछन् ।

नयाँ मन्त्री बन्‍नेमा पर्वतका सांसद विकास लम्साल, नवलपुरका रोशन गाहा मगर र म्याग्दीकी नरदेवी पुनको नाम मुख्यमन्त्रीले सिफारिस गरका छन् । लम्साललाई आर्थिक मामिला तथा योजना मन्त्री, गाहा मगर सामाजिक विकास मन्त्री र पुन उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बन्‍न लागेका हुन् ।

उद्योग मन्त्रालय यसअघि गोरखाका सांसद रामशरण बस्नेतले सम्हालेपनि उनलाई भौतिक विकास मन्त्री बनाएर पुनलाई उनको मन्त्रालय दिन लागिएको श्रोतको भनाई छ । बिहिवार नै मन्त्रीपरिषद्‌को बिस्तारसँगै सपथ लिने कार्यक्रम तय गरिए पनि एमाले नेतृत्वबाट मन्त्री हेरफेरको आदेश आएपछि सपथ कार्यक्रम रोकिएको थियो।

एमाले निकटका अनुसार प्रदेश इन्चार्ज किरण गुरुङलाई मन्त्रीपरिषदमा समावेश गरिनु पर्ने एमाले नेतृत्वको दवाबले मन्त्री परिषद्‌ अन्योलमा परेको थियो । सहमति जुटे मन्त्रीपरिषद् विस्तार र सपथ शुक्रबार नै हुनेछ।

प्रकाशित मिति: Mar 23, 2018

प्रतिक्रिया दिनुहोस्