Logo
६ कार्तिक २०८१, मंगलबार
(March 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समृद्घ प्रदेश बनाउन कृषि,सिँचाइ, उद्योग,पर्यटन उच्च प्राथमिकतामा

सप्तरी : सप्तरीको सदरमुकाम राजविराजमा ११ दिनसम्म चलेको २ नं प्रादेशिक व्यापार मेला तथा दोस्रो सप्तरी महोत्सव बिहीबार सम्पन्न भएको छ ।

‘सप्तरीको विकास हाम्रो प्रतिबद्घता’ भन्ने नाराका साथ सञ्चालन भएको महोत्सव प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले समापन गर्दै प्रदेश समृद्घ बनाउन कृषि, सिँचाइ, उद्योग सञ्चालन, पर्यटन विकासलगायतका कार्यलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभयो ।

महोत्सव एक लाखभन्दा बढीले अवलोकन गरेको र महोत्सव अवधिभर झण्डै रु दुई करोडको कारोबार भएको मूल आयोजक सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधानले बताए । (रासस)

प्रकाशित मिति: Mar 23, 2018

प्रतिक्रिया दिनुहोस्