Logo
६ कार्तिक २०८१, मंगलबार
(March 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आईपीएलका लागि सन्दिपलाई दिल्लीको १ नम्बरको जर्सी

काठमाडौं : पहिलो नेपाली खेलाडीको रुपमा इण्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली डियर डेविल्सबाट खेल्न लागेका सन्दिप लामिछानेको जर्सी सार्वजनिक भएको छ । लामिछानेलाई दिल्लीले १ नम्बरको जर्सी उपलब्ध गराएका छन् ।

बिहीबार साँझ होटल अन्नपूर्णमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले आईपीएलमा दिल्ली डेयरडेभिल्सबाट खेल्दा नेपाली खेलाडी सन्दिप लामिछानेले लगाउने जर्सी सार्वजिनिक गरेका हुन् ।

जर्सी सार्वजनिक कार्यक्रमका लागि दिल्ली डेयरडेभिल्सका प्रतिनिधि नेपाल आएका छन् । हालै जिम्बाब्वेमा विश्वकप छनोट प्रतियोगिता खेलेर स्वदेश फर्किएका सन्दिप आईपीएल खेल्न आउँदो मंगलबार दिल्ली जाने कार्यक्रम छ ।

आईपीएलको अक्सनमा दिल्ली डेयरडेभिल्सले सन्दिपलाई २० लाख भारुमा अनुबन्ध गरेको थियो ।

प्रकाशित मिति: Mar 22, 2018

प्रतिक्रिया दिनुहोस्