Logo
२९ जेष्ठ २०८२, बुधबार
(March 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

५० जना यात्रु बोकेको बस दुर्घटना हुदा १८ जनाको मृत्यु

बैंकक : थाइल्याण्डको उत्तरपूर्वी भूभागमा अवस्थित एक प्रान्तको राजमार्गमा बुधबार साँझ भएको बस दुर्घटनामा परी कम्तीमा पनि १८ जना यात्रुको ज्यान गएको समाचार छ ।

थाइल्याण्डको उत्तरपूर्वी प्रान्त नाखोनबाट यात्रा गरिरहेको सो बस बुधबार साँझ सडकबाट खोँचमा खसेको यातायात मन्त्रालयले बिहीबार बिहान जनाएको छ । उक्त मन्त्रालयले दिएको जानकारीअनुसार सो बसमा ५० जना यात्रु सवार रहेका थिए ।

उक्त प्रान्तको सडकको नाजुक अवस्था रहेकोले समय समयमा यसरी सवारी दुर्घटना हुने गर्दछ । प्रान्तीय सरकारका प्रमुखले घाइते सबैको उपाचारका लागि ध्यानदिन स्वास्थ्य अधिकारीहरुलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति: Mar 22, 2018

प्रतिक्रिया दिनुहोस्