Logo
२६ बैशाख २०८१, बुधबार
(March 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यसरी हुँदैछ एसईई परीक्षा, शिक्षामन्त्री नै अवलोकनमा (फोटो फिचर)

काठमाडौँ : बिहीबारदेखि देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएकाे छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा ७७ वटै जिल्लाका एक हजार ९ सय ५६ केन्द्रमा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी छन् ।जसमा नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ छन् ।

यता, शिक्षामन्त्री गिरीराजमणी पोखरेल स्वयं नै परिक्षाको अवस्था हेर्न एक बिद्यालय पुगेका छन् । मन्त्रि पोखरेल काठमाडौं स्थित रत्नराज्य माध्यामिकमा रहेको परिक्षा केन्द्रको अवलोकन गरेका हुन् ।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार प्रदेश १ बाट ८४ हजार २ सय ९०, प्रदेश २ बाट ७० हजार ४ सय २ र ३ बाट सबैभन्दा बढी १ लाख ८२ हजार विद्यार्थीले परीक्षा दिँदैछन् । प्रदेश ४ बाट ४८ हजार ९ सय ५४, प्रदेश ५ बाट ७९ हजार, कर्णाली प्रदेशबाट ३८ हजार र प्रदेश ७ बाट ५५ हजार विद्यार्थीले परीक्षा दिँदै छन् ।

यसवर्ष ९ हजार ९ सय ८८ विद्यालयका विद्यार्थीेले परीक्षा दिनेछन् । परीक्षाका सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक रेग्मीले जानकारी दिए । ‘प्रश्नपत्र र उत्तरपुस्तिका परीक्षा केन्द्रमा पुगिसकेको छ,’ उनले भने, ‘केन्द्राध्यक्ष, निरीक्षकलगायत सुरक्षाकर्मीको प्रबन्ध मिलाइसकेका छौं ।’ परीक्षालाई अनुशासित, मर्यादित र व्यवस्थित बनाउन उनले सरोकारवालासँग आग्रह गरे ।

शिक्षा ऐन २०२८ को दफा १७ अनुसार परीक्षामा दख्खल पुग्ने काम जो कोहीले गरेमा एक लाख रुपैयाँ जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । परीक्षाको अनुगमन गर्न केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहसम्म विभिन्न संयन्त्र बनाइएको छ ।

साधारणतर्फको परीक्षा १७ गतेसम्म र प्राविधिकतर्फको चैत २० गतेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले कुनै पनि मनोवैज्ञानिक त्रास नपाली परीक्षामा सहभागी हुन अपिल गरे । १० वर्षपछि नयाँ पाठ्यक्रमअनुसारको परीक्षा हुन लागेको हो । यसपालिबाट अनिवार्य विषयतर्फ गणितबाहेक सबैमा प्रयोगात्मक परीक्षा हुने व्यवस्था गरिएको छ । परीक्षार्थीले ग्रेड पद्धतिमा नम्बर पाउनेछन् ।

बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परिक्षा दिंदै विद्यार्थीहरु । शिक्षामन्त्री गिरीराजमणी पोखरेलद्वारा रत्नराज्य माध्यामिक स्कुलमा रहेको परिक्षा केन्द्रको अवलोकन गर्दै ।
माध्यमिक शिक्षा परीक्षा (एसईई)को आज बिहीबार रत्नराज्य माध्यामीक विद्यालय वानेश्वरमा रहेको परिक्षा केन्द परिक्षामा सहभागी हुदै एक छात्रा ।
माध्यमिक शिक्षा परीक्षा (एसईई)को आज बिहीबार रत्नराज्य माध्यामीक विद्यालयमा रहेको परिक्षा केन्द परिक्षामा सहभागी हुदै विद्यार्थीहरु ।
विद्यार्थीहरुहरुको लागि फलामको ढोका मानिने माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा दिंदै सानो ठिमीस्थित आदर्श माविकेन्द्रका विद्यार्थीहरु ।
विद्यार्थीहरुहरुको लागि फलामको ढोका मानिने माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा दिंदै सानो ठिमीस्थित आदर्श माविकेन्द्रका विद्यार्थीहरु ।
विद्यार्थीहरुहरुको लागि फलामको ढोका मानिने माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा दिंदै सानो ठिमीस्थित आदर्श माविकेन्द्रका विद्यार्थीहरु । परीक्षा आज बिहीबारबाट सुरु भएको हो ।

तस्विरहरु : रासस

प्रकाशित मिति: Mar 22, 2018

प्रतिक्रिया दिनुहोस्