Logo
५ श्रावण २०८१, शनिबार
(March 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जिप दुर्घटनामा एकको मृत्यु, छ घाइते

रुकुम : पश्चिम रुकुमको सदरमुकाम मुसिकोटबाट आठबिसकोट जाँदै गरेको लु १ ज २६३८ नंंको जिप केहीबेरअघि बाफिकोट–६ मग्मामा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । 

दुर्घटनामा अन्य छ यात्रु गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिनुभयो । घाइतेलाई जिल्ला अस्पताल सल्ले ल्याइँदैछ । अहिलेसम्म मृतकको पहिचान भइसकेको छैन । घटनास्थलमा अहिले उद्धार कार्य जारी छ ।
जिप सडकबाट करिब १५० मिटर तल खसेको बताइएको छ । प्रहरीका अनुसार क्षमताभन्दा बढी यात्रु राखेकाले दुर्घटना भएको हो । पाँच यात्रु क्षमताको जिपमा २३ जना सवार थिए । (रासस)

प्रकाशित मिति: Mar 21, 2018

प्रतिक्रिया दिनुहोस्