Logo
२९ जेष्ठ २०८२, बुधबार
(March 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

म्यानमारका राष्ट्रपतिद्वारा राजीनामा

म्यानमार : म्यानमारका राष्ट्रपति उ तिन कायले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार अस्वस्थ भएको कारण देखाउँदै बुधबार कायले पदबाट राजीनामा दिएको स्रोतले जनाएको छ । म्यानमारमा बढीमा सात दिनभित्रमा नयाँ राष्ट्रपति चयन गरिसक्नुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

नयाँ राष्ट्रपति चयन नहुन्जेलसम्मका लागि म्यानमारका वर्तमान उपराष्ट्रपति उ मिन्त स्वेले नै कार्यबाहक राष्ट्रपतिका रुपमा काम गर्नुहुने छ ।सन् २०१६ मा ७२ वर्षीय काय म्यानमारका राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति: Mar 21, 2018

प्रतिक्रिया दिनुहोस्