Logo
२० बैशाख २०८१, बिहीबार
(March 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

व्यक्तिगत सूचनाको दुरुपयोग गरेको आरोपमा फेसबुकमाथि अनुसन्धान

न्युयोर्क । राजनीतिक कन्सल्टेन्सी फर्मले ५ करोड फेसबुक प्रयोगकर्ताको व्यक्तिगत सूचनाको दुरुपयोग गरेको आरोप लागेपछि अमेरिकाको फेडरल ट्रेड कमिसनले फेसबुकमाथि अनुसन्धान शुरु गरेको जनाएको छ । सन् २०१६ को निर्वाचनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी अभियानका दौरान क्याब्रिज एनालिटिका (सिए) को सहयोग लिएका थिए ।

जसले फेसबुकबाट प्रयोगकर्ताको जानकारी बिनानै व्यक्तिगत जानकारीको दुरुपयोग गरेको थियो । आरोपपछि सिएका प्रमुख अलेक्जान्डर निक्सलाई कम्पनीको बोर्डबाट निलम्बित गरिएको छ । तर, कम्पनीले यसमा आफूहरुले कुनै गलत काम नगरेको दोहोराउँदै आएको छ । यता, फेसबुकको सेयर भने निरन्तर रुपमा ओरालो लाग्ने क्रममा छ । सोमबार फेसबुकको सेयर मूल्य २.६ प्रतिशतले घटेको थियो ।

बेलायत र युरोपका संसदहरुले फेसबुकका प्रमुख मार्क जुकरबर्गलाई यस विषयमा प्रमाण उपलब्ध गराउन माग गरेका छन् । सामाजिक सञ्जालले बुधबार यस विषयमा ब्रिफिङ दिने बताइएको छ । यस संकटका बीच मंगलबार क्यालिफोर्नियाको हेडक्वाटरमा भएको फेसबुकको स्टाफ ब्रिफिङमा जुकरबर्ग उपस्थित भएनन् ।

फेसबुक, विशेष गरेर जुकरबर्ग, को यस प्रकरणमा व्यापक आलोचना भइरहेको छ । फेसबुककी एक प्रवक्ताले भने यस प्रकरणमा आफूहरुलाई सीएले धोका दिएको बताइन् । फेसबुकले यस प्रकरणमा आफूलाई ‘पीडित’ को रुपमा प्रस्तुत गर्न खोजिरहेको छ ।

प्रकाशित मिति: Mar 21, 2018

प्रतिक्रिया दिनुहोस्