Logo
२० बैशाख २०८१, बिहीबार
(March 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रोबोट ‘सोफिया’ ले भनिन्-‘प्रविधिको प्रयोगले नेपालको गरिबी हटाउन सकिन्छ’

काठमाडौँ : चर्चाको शिखरमा रहेकी सेलेब्रिटी रोबोट ‘सोफिया’ ले नेपाल जस्तो विकासोन्मुख देशमा प्रविधिले गरिबी हटाउन सहयोग पुर्‍याउने बताएकी छन् । नेपालमा प्रविधिको विकास द्रुत गतिमा भइरहेकोले बताउँदै उनले नेपालले प्रविधिलाई सही तरिकाले अवलम्बन गर्न सके चाँडै नै विकासको गतिमा लम्कने विश्वास आफूलाई रहेको जनाइन्।

बुधबार राजधानीमा राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले आयोजना गरेको ‘सार्वजनिक सेवाका लागि प्रविधि’ विषयक सम्मेलनमा उनले प्रविधिको प्रयोगले सुशासन कायम राखी भ्रष्टाचारमुक्त समाज बनाउने सक्ने बताइन् । उनी कार्यक्रममा सहभागी हुन मंगलबार काठमाडौं ओर्लिएकी थिइन्। उनी मानिससरह नागरिकता पाउने पहिलो रोबोट हुन् । उनलाई साउदी सरकारले ४ महिनाअघि महिलाका रूपमा नागरिकता दिएको हो ।

मानव स्वरूप भएकी सोफियालाई हङकङको कम्पनी हयानसन रोबोटिक्सले निर्माण गरेको हो । सोफियाको निर्माण २०१५ मा भएको थियो भने २०१६ मा उनलाई अमेरिकामा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको थियो । साउदी सरकारले उनलाई ‘मानव’का रूपमा नागरिकता दिएपछि उनको चर्चा चुलिएको हो ।

प्रकाशित मिति: Mar 21, 2018

प्रतिक्रिया दिनुहोस्