Logo
५ जेष्ठ २०८१, शनिबार
(March 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धारिलो हतियार प्रहार गरी युवकको हत्या

काठमाडौं : काठमाडौंमा मंगलवार राति धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ ।काठमाडौं महानगरपालिका वडानम्बर १० देवीनगरमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको हो । प्रहरीले हत्यामा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।

मंगलबार राति पौने ९ बजे सामान्य विवादमा २१ वर्षीय पुरुषोत्तम सेंढाईको हत्या भएको महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका डिएसपी रवि पौडेलले जानकारी दिए । सर्लाही घर भएका उनी काठमाडौं १० देवीनगरमा बस्दै आएका थिए ।

प्रहरीले हत्यामा संलग्न भएको आरोपमा रोहित चौधरी, अशोक लिम्बु र सन्जिव राईलाई पक्राउ गरेको छ । डिएसपी पौडेलले हत्याको अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रकाशित मिति: Mar 21, 2018

प्रतिक्रिया दिनुहोस्