Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेशको भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गरिनुपर्नेमा जोड

पोखरा : प्रदेश नं ४ को आजको प्रदेशसभा बैठकमा सदस्यहरूले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गरिनुपर्नेमा जोड दिएका छन् । बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी पाएका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामशरण बस्नेतले विधायन समितिको प्रतिवेदनसहित प्रदेश सरकार प्रदेश नं ४ को आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक २०७४ मा छलफलका लागि गर्नुभएको प्रस्ताव सम्बन्धमा धारणा राख्दै प्रदेशसभा सदस्यले उक्त कुरामा जोड दिएका हुन् ।

छलफलका क्रममा विभिन्न राजनीतिक दलका तर्फबाट १२ सदस्यले आ–आफ्ना धारणा राख्नुभएको थियो । प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटा, चन्द्रबहादुर बुढा, दीपक कोइराला, दीलमाया रोक्का मगर, पियारी थापा, प्रकाशचन्द्र दवाडी, मेखलाल श्रेष्ठ, राजिव पहारी, सरिता गुरुङ, सवित्रा राणा र हरिशरण आचार्यले आर्थिक समृद्धिका लागि आर्थिक गतिविधि पारदर्शी बन्नुपर्ने उल्लेख गर्दै भ्रष्टाचाररहित समाजको निर्माण गरिनुपर्ने बताउनुभयो ।

छलफलका क्रममा सदस्यहरूले उठाएका विषयमा मन्त्री बस्नेतले प्रदेशको विकासका लागि सत्तापक्ष र प्रतिपक्ष नभई अघि बढ्ने धारणा राख्दै प्राप्त सुझावका आधारमा अघि बढ्ने बताउनुभयो । (रासस)

प्रकाशित मिति: Mar 20, 2018

प्रतिक्रिया दिनुहोस्