Logo
२८ आश्विन २०८१, सोमबार
(March 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतको मोस्ट वान्टेड नेपालमा पक्राउ, नेपाली र पाकिस्तानी नागरिकता बरामद

दोहोरो नागरिकता सम्बन्धी विषय बाहिर आएपछि जिल्ला प्रहरी कार्यालय बाँके र वडा प्रहरी कार्यालय नेपालगन्जले नेपालगन्जका एक मौलानाको घरमा सोमबार छापा मारेको छ ।

नागरिकता प्राप्त गर्न खोजेकी महिलासंग सामूहिक यौन प्रस्ताव अघि सारेको आरोपमा जबरजस्तीकरणी मुद्दामा जिल्ला प्रहरी कार्यालय बाँकेमा अनुसन्धानका लागि हिरासतमा राखिएका मौलाना सुभराती जोलाह पाकिस्तानी नागरिक रहेको तथ्य खुलेपछि प्रहरीले उनको घरमा छापा मारेको हो ।

सुभराती जोलाह पाकिस्तानी नागरिक, २०११ देखि भारतीय सुरक्षा एजेन्सीमा वान्टेड भएको खुलासा 

नागरिकता प्राप्त गर्न खोजेकी महिलासंग सामूहिक यौन प्रस्ताव अघि सारेको आरोपमा जबरजस्तीकरणी मुद्दामा पक्राउ परेका मौलाना सुभराती जोलाह पाकिस्तानी नागरिक रहेको गम्भीर तथ्य खुलेको छ । भारतीय गुप्तचर एजेन्सी (एनआइए) ले मौलाना सुभरातीलाई खोजीको सूचीमा राखेको खुलेपछि नेपाली सुरक्षा अधिकारी आश्चर्य चकित भएका छन् ।

भारत विरोधी गतिविधिको आरोप लागेका मौलाना लामो समय पाकिस्तानमा बसी त्यहाँको नागरिकता र राहदानी लिएको तथा भारत विरोधी गतिविधि गर्दै आएको खुलेपछि अधिकारीहरुले थप विवरणमा पनि अनुसन्धान अघि बढाएका छन् ।

पाकिस्तानी नागरिकताको फोटोकपी

बाँके नरैनापुर गाउँपालिका वडा नं.२ (लक्ष्मणपुर गाबिस वडा नं.१) स्थित लक्ष्मणपुरमा दारुल उलुम अमजदिया बरकातिया मदरसामा अध्यापन गराइरहेका मौलाना सुभराती जोलाह पाकिस्तानमा मकसूद जोलाहको नामबाट राहदानी र पाकिस्तानी नागरिकता लिएको खुलेको हो ।

नेपाली क्षेत्रमा लक्ष्मणपुर वडा नं.१ बाट २०४४ साल चैत्र १६ गते ३१२ नं.को वंशज नेपाली नागरिकता सुभराती जोलाहले तत्कालिन नागरिकता टोलीबाट लिएको र टोली प्रमुख टिकाराम घिमिरेले उनको नागरिकता बनाएको अभिलेखबाट देखिएको छ ।

नेपालमा सुभराती जोलाह नामबाट नागरिकता लिएका जोलाहले पाकिस्तानमा मकसूद जोलाहबाट नागरिकता र राहदानी लिएको भारतीय सुरक्षा एजेन्सीले जनाएका छन् । पाकिस्तानी नागरिकता नं.सीसी ६८७९४७ रहेको खुलेपछि अहिले फरक किसिमबाट अनुसन्धान अघि बढेको अनुसन्धान अघिकृतको भनाइ छ ।

 

को हुन उनीः
सन् २०११ मा भारतीय सुरक्षा एजेन्सीले मौलाना सुभरातीलाई मकसूद जोलाहको नामबाट वान्टेड सूचीमा राखेपछि उनी सिमावर्ती क्षेत्र छाडेर नेपालगन्ज वडा नं.२२ पुरैनी नहरपुर्वामा बस्दै आएका हुन् । सन् २०११ डिसेम्बरमा एउटा भारतीय चर्चित पत्रिकाले सुभराती(मकसूद जोलाह) पाकिस्तानी एजेन्ट भएको उल्लेख गरेको छ । नेपाली क्षेत्रको मदरसामा लुकीछिपी भारत विरोधी गतिविधि संचालन गर्दै आएको समाचारमा भनिएको छ ।

नेपालगंज निवासमा प्रहरीको छापा

सुभराती (मकसूद जोलाह) लक्ष्मणपुरबाट नेपालगन्ज आएपछि स्थानीय एक मदरसामा अध्यापन गराउँदै आएका छन् । उनले आफ्नो नेपाली नागरिकतामा बुबाको नाम महमूद जोलाह र उमेर ४४ वर्ष उल्लेख गरेका छन् । २०४४ सालमा नागरिकता लिँदा वंशजको लिएपछि प्रष्ट जन्ममिति उल्लेख छैन । नागरिकता लिँदा उनी १६ वर्षको भएको टोली प्रमुख घिमिरेले उल्लेख गरेका थिए ।

नेपाली नागरिकता फोटोकपी

रुकुमकी एक महिलाले नागरिकता लिन प्रयास गरेपछि नेपालगन्ज ६ बस्ने मौलाना सुभराती जोलाह र इलाका प्रशासन कार्यालय नरैनापुरका कार्यालय सहयोगी इमामुल हक खाँले तथा थप एक ब्यक्तिले समूहिक यौन प्रस्ताव गरेको अभियोगमा अहिले दुई जना थुनामा छन् । रुकुम घरभई भारतीय नागरिक संग विवाह गरेकी ती महिलाले नेपाली नागरिकता प्राप्त गर्नका लागि इलाका प्रशासन कार्यालय नरैनापुरका कार्यालय सहयोगी इमामुल हक खाँ र मौलाना सुभराती संग पहल थालेकी थिइन् ।

प्रहरीले उनीहरुलाई शनिवार नै पक्राउ गरि तीन जना माथि जबरजस्तीकरणी उद्योगमा मुद्दा चलाएको छ । नागरिकता प्राप्त गर्न तीन लाख रुपैया घूस लाग्ने जानकारी पाएपछि महिलाले सो रकम तिर्न नसक्ने बताएकी थिइन ।

मौलाना सुभराती र कार्यालय सहयोगी इमामुलले आफ्नो एक जना सहकर्मी सहित तीन जनालाई यौन सम्पर्क गर्न दिए सित्तैमा नागरिकता बनाइदिने प्रस्ताव राखेपछि सो घटना जिल्ला प्रहरी कार्यालय बाँकेमा पुगेको थियो । जबरजस्तीकरणी उद्योगमा पक्राउ परेका सुभराती बारे भारतीय सुरक्षा अधिकारीले चासो देखाएको एक प्रहरी अधिकृतले बताए ।

‘अनुसन्धानका क्रममा अभियुक्तहरु घटनामा संलग्न पाइएको प्रमाणित भएको छ’, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक मुद्दा इन्चार्ज रण बहादुर विष्टले दैनिक नेपालगन्ज संग भने, ‘जबरजस्तीकरणी उद्योगमा मुद्दा दर्ता भएर थप अनुसन्धान जारी रहेको छ ।’

भारतीय मिडियाको रिर्पोट अनुसारः समातिएको व्यक्ती खतरनाक आतंकवादी भएको खुलासा

नागरिकताका दिनका लागि दिउँसो २ बजेको नमाज पछि मदरसामा आउनु, भनी बोलाएको सुभराती र इमामुलले बोलाएको र त्यहाँ पुगेपछि तीन जना संग यौन सम्पर्क गर्नु पर्ने प्रस्ताव राख्दै अश्लिल हर्कत गरेको पीडितको बयानमा उल्लेख छ । मौलाना सुभराती र इमामुलले फोन गरि महिलालाई मदरसामा बोलाएको प्रमाणित भएको प्रहरीले जनाएको छ । महिला संग समूहिक यौन सम्पर्क गर्ने उद्देश्यले अश्लील हर्कत भएको, लुगा खोल्ने र संवेदनशील अंग छुने काम मात्र हुन सकेकोले जबरजस्तीकरणी उद्योगमा मुद्दा दर्ता गरिएको विष्टले बताए ।

पीडित महिलाले दिएको जानकारी अनुसार, पहिला तीन लाख रुपैयामा नागरिकता बनाइदिने कुरो भएको थियो । पछि दुई लाख हुँदै २५ हजार रुपैया सम्म कुरो मिलेको थियो । त्यसपछि नागरिकताका लागि रुपैया संगै यौन प्रस्ताव अघि सारेपछि प्रहरी बोलाएको पीडित महिलाले बताएकी छन् ।

नेपालगंजमा जग्गा किनेको लालपुर्जा

प्रहरीले पीडित महिलाको स्वास्थ्य जाँचपछि मुद्दाको आवश्यक प्रक्रिया शुक्रवार नै पूरा गरिसकेको छ । घटनामा संलग्न मौलाना सुभराती जोलाह, कार्यालय सहयोगी इमामुल हक खाँ प्रहरी हिरासतमा रहेका छन् । प्रहरीले अनुसन्धानका लागि आइतबार बाँके जिल्ला अदालतबाट म्याद थप गरेको जनाएको छ ।

प्रकाशित मिति: Mar 20, 2018

प्रतिक्रिया दिनुहोस्