Logo
६ कार्तिक २०८१, मंगलबार
(March 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजीवन राष्ट्रपति बन्ने बाटो खोलेका सी जिनपिङ्गको आक्रमक भाषण

चीनका राष्ट्रपति सी जिनपिङ्गले मंगलवार १३ औँ नेशनल पिपल्स कांग्रेसलाई सम्बोधन गरेका छन् । यस सम्बोधनका क्रममा सी जिनपिङ्गले धेरै आक्रमक भाषण गरेका छन् । उनले भाषणका क्रममा चीन विश्वमा आफ्नो स्थान पाउने कुरामा पूर्णरुपमा ढुक्क रहेको बताए । सी जिनपिङ्गले भने, ‘चीनको कायाकल्प नै चिनियाँको सबैभन्दा ठुलो सपना हो ।’ सीले अगाडि भने, ‘हामी आफ्ना दुश्मनविरुद्ध रक्तपातपूर्ण युद्ध लड्न तयार छौँ । हामीले पूरै मजबुतीका विश्वमा आफ्नो स्थान बनाउन पनि दृढ संकल्प गरेका छौँ ।’

ताइवानलाई चेतावनी 

टेलीभिजनमा प्रसारित भाषणमा सी ले चीनको गौरवशाली इतिहासको पनि वर्णन गरे । उनले ऐतिहासिक उपलब्धिको पनि चर्चा गरे । सी ले भने, विश्वलाई पत्रिका, कफ्युसियसवाद र चिनियाँ पर्खाल जस्ता चिज दिएका छौँ । चीनले बाहिरी आक्रमणको विगतमा बलियोसँग सामना गरेको इतिहास भुल्नु हुँदैन ।’ सी ले आफ्नो भाषणमा ताइवान र हङकङको स्वतन्त्रताको समर्थन गर्नेहरुलाई पनि कडा चेतावनी दिए । ‘चीनबाट एक इन्च पनि जमिन कसैले खोस्न सक्दैन’, सीले भने । सी ले यसो भनेपछि प्रतिनिधिहरुको गडडाहट तालीले हल गुन्जिएको थियो ।

सन् १९४९ मा चीनमा गृहयुद्ध सकिएपछि ताइवानमा स्वतन्त्र सरकार छ । यस क्रममा ताइवानमा हारेपछि राष्ट्रवादी सरकारले त्यहाँबाट भाग्नुपरेको थियो । चीनले अहिले पनि ताइवानलाई आफ्नो भूभाग नै मान्छ । चीनले आवश्यक परेको अवस्थामा ताइवानलाई आफ्नो नियन्त्रणमा लिन सक्ने बताउँदै आएको छ । सीले भने ‘हामीले आफ्नो सम्प्रभुता र क्षेत्रीय एकतामाथि नियन्त्रण लिइरहनु जरुरी छ । हामीले हरहालतमा मातृभूमिको एकता सुनिश्चित गर्नु पहिलो शर्त हो ।’

ताइवान र हङकङलाई लिएर चीनको यो सबैभन्दा आक्रामक अभिव्यक्ति हो । सीले इतिहासले पनि चीन समाजवादमार्फत आफ्नो लक्ष्यमा पुग्ने कुरा पुष्टि भइसकेको बताए । सीले चीनका असली हिरो यहाँका मानिसको हितमा काम गर्न सबै राजनेतालले कडा मेहनत गर्नुपर्नेमा जोड दिए । उनले सबैको प्रयासमा अझै पनि देशलाई बलियो बनाउनुपर्नेमा राष्ट्रपतिले जोड दिए । हालै मात्र अमेरिकाले एक कानुन पास गरेको थियो । जसमा अमेरिकाले ताइवानमा अझै वरिष्ठ अधिकारीलाई पठाउने कुरामा प्राथमिकता दिने उल्लेख गरिएको छ ।

तर अमेरिका र ताइवानबीच कुनै पनि औपचारिक सम्बन्ध भने छैन । चिनयाँ राष्ट्रपतिको यो कडा अभिव्यक्तिलाई अमेरिकाको उक्त निर्णको जवाफको रुपमा हेरिएको छ। ताइवानलाई स्वतन्त्र देशको दर्जा दिने कोशिशमा चीनले कडा विरोध गर्दै आएको छ ।

माओपछिका शक्तिशाली

सी जिनपिङ्गलाई माओत्से तु्ङ्गपछि सबैभन्दा शक्तिशाली नेता मानिएको छ। माओत्से तुङ्गपछि त्यहाँकव संविधानमा ‘सी जिनपिङ्ग सिद्धान्त’ पनि सामेल गरिएको छ । चीनमा राष्ट्रपति बन्नका लागि कार्यकालको सीमा पनि अन्त्य गरिएको छ । सी जिनपिङ्गलाई आजीवन राष्ट्रपति बन्ने बाटो खोल्नका लागि यो कदम चालिएको हो । तर चीन बाहिर भने सीलाई तानाशाही बनाउन खोजेको भन्दै यस कदमको विरोध पनि भइरहेको छ ।

प्रकाशित मिति: Mar 20, 2018

प्रतिक्रिया दिनुहोस्