Logo
१२ श्रावण २०८१, शनिबार
(March 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिनियाँ प्रधानमन्त्री खछ्याङ यसवर्ष जापानको भ्रमणमा जाने

बेइजिङ : चिनियाँ प्रधानमन्त्री लि खछ्याङले यस वर्षको मध्यतिर जापानको भ्रमण गर्ने भएको छन् ।चीन जापान संयुक्त बैठकका लागि खछ्याङले जापान जान लागेका बताएका छन् । दुई देशका नेताहरुको सम्मेलनमा भाग लिन उनी जापान जाने विचार गरेको बताइएका हुन् ।

‘जापानी प्रधानमन्त्री सिन्जो आबेले मलाई केही विशेष अवसरमा सहभागिताका लागि आमन्त्रण गरेका छन् । त्यसैले यसै वर्षको मध्यतिर म जापान जानेछु– प्रधानमन्त्री खछ्याङ्ले बताए । त्यस समयमा दुई देशको आपसी हितका विविध विषयमा छलफल हुने पनि उनले जानकारी दिए । तर त्यस अवसरमा हुनसक्ने अरु केही सहयोग आदानप्रदान तथा सम्झौताका विषयमा भने उनले केही बताए छैनन् ।

मङ्गलबार चिनियाँ राजधानी बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा उनले सो जानकारी दिएका हुन् । उनले भने, यो भ्रमण दुई देशको सम्बन्धलाई थप सुदृढ बनाउन सफल हुनेछ ।

प्रकाशित मिति: Mar 20, 2018

प्रतिक्रिया दिनुहोस्